Loving nepal news

Tuesday, February 8, 2011

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


दुर्गा खनाल

काठमाडौ, माघ २६ - प्रधानमन्त्री झलनाथ खनालले बुधबार संसदमा सम्बोधन गर्दैछन् । दिउसो १ बजे बस्ने संसदको बैठकमा उनले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको रुपमा उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

गत सोमबार नै प्रधानमन्त्रीको सम्बोधन गर्ने तयारी भएपछि प्रधानमन्त्रीले मन्त्रीमण्डलको विस्तारपछि मात्र सम्बोधन गर्ने बताएपछि संसद बैठक स्थगित गरिएको थियो । तर, बुधबार सम्म पनि मन्त्रीमण्डल विस्तार नभएपछि उनले प्रधानमन्त्रीको रुपमा एक्लै सम्बोधन गर्न लागेका हुन् ।

स्रोतका अनुसार उनले सम्बोधनमा माओवादीसँग भएको सात बुँदे सहमतिबारे स्पष्ट पर्ने प्रयास गर्नेछन् । त्यस्तै सरकारमा सामेल हुने अन्य दललाई आह्रावान गर्ने पनि प्रधानमन्त्रीको तयारी छ । मन्त्रीमण्डल विस्तार नहुँदा संसद चल्न समेत समस्या भएको छ । संसद चलाउनका लागि अनिवार्य रुपमा मन्त्री चाहिन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks