Loving nepal news

Thursday, February 17, 2011

अम्बानीलाई सोधपुछ


एजेन्सी

नयाँदिल्ली, फाल्गुन ६ - भारतीय अर्बपति उद्योगी अनिल अम्बानी टेलिकम घोटलामा सोधपुछ गरिने सबैभन्दा उच्च तहका व्यक्ति हुन पुगेका छन् ।

रिलायन्स कम्युनिकेसन्सका अध्यक्ष उनी फोन लाइन्सेन्स बिक्रीसम्बन्धी घोटलाको अनुसन्धानका क्रममा सोधपुछ गरिएका छन् ।

उनको कम्पनीले भने विज्ञप्तिमा जारी गर्दै उनको भ्रमण स्वेच्छिक भएको जनाएको छ । सन् २००८ मा मोबाइल फोनको लाइसेन्स बजार मूल्यभन्दा सस्तोमा बिक्री भएको थियो कि थिएन भनेर अनुसन्धान चलिरहेको छ । त्यसका कारण सरकारलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व नोक्सानी भएको दाबी गरिएको छ । यसले भारतमा महिनौंदेखि राजनीतिक तहमा समेत विवाद उत्पन्न गराई लगानीकर्ताको आत्मविश्वास पनि कमजोर बनाएको जानकार बताउँछन् ।

बम्बे एक्सचेन्जको मुख्य सेन्सेटिभ इन्डेक्समा यो वर्ष रिलायन्स कम्युनिकेसन्स सबैभन्दा खराब कार्य अवस्थामा रहेका कम्पनीमध्येमा सूचित हुँदै सेयर मूल्यमा पनि ३० प्रतिशतले गिरावट आएको छ । बिहीबार जेपी मोर्गानले मोबाइल सञ्चालकसँगको लक्षित मूल्य ८२ भारतीय रुपैयाँबाट ४२ प्रतिशतले कटौती गरेको छ ।

रिलायन्स कम्युनिकेसन्सको सेयरमा मुम्बईमा अघिल्लो दिन बिहान ९८ रुपैयाँ ९० पैसा

थियो । यो महिनाको सुरुतिर पूर्व टेलिकम्युनिकेसन्ससम्बन्धी मन्त्री आधीमुथु राजालाई गिराफ्तार गरिएको थियो । राजाले टु जी फोनको लाइसेन्स बिक्रीमा मार्गनिर्देशन मिचेको र केही कम्पनीको पक्ष लिने षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks