
काठमाडौं, माघ २५ - एमालेसँग मन्त्रालय बाँडफाटमा सहमति नभएपछि मंगलबार बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित भएको छ । एमालेसँग सहमति भएपछिमात्र पार्टीबाट मन्त्रीमण्डलमा पठाउनेको नाम टुंगो लागाउन स्थायी समिति बैठक बस्ने छ ।
यसअघि मन्त्रालय बाँडफाँट विषयमा दुई दल सम्मिलित कार्यदलमा विवाद भएपछि शिर्ष तहमा छलफल गर्नु पर्ने भन्दै माओवादीले स्थायी समितिको बैठक स्थगित गरेको थियो ।
माओवादीले पूर्व सहमति विपरीत एमालेले गृहमन्त्रीमा दाबी गरेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको बताएको छ । माओवादी नेता एवं कार्यदल सदस्य देव गुरुङले गृह मन्त्रालय दिने यसअघिको सहमतिलाई एमालेले उल्टाउन खोजेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks