
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ७ - कान्तिपुर पब्लिकेसन्स आजबाट १८ वर्ष पूरा ग १९ औं वर्षमा प्रवेश गरेको छ । यहाँसम्म आइपुग्दा पब्लिकेसन्सका छवटा प्रकाशन (कान्तिपुर, दी काठमान्डू पोस्ट, साप्ताहिक, ना, नेपाल र कान्तिपुर प्रवास साप्ताहिक), अनि ई–कान्तिपुर, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनसमेत ग हाम्रो ठूलै परिवार बनिसकेको छ । त्यसैले अब हाम्रो एकीकृत परिचय ‘कान्तिपुर मिडिया ग्रुप’ बन्न पुगेको छ । यो हाम्रो व्यावसायिक विस्तार एवम् सफलताको परिचायक पनि हो ।
हरेक पटक हाम्रो सफलता समस्या र चुनौतीलाई पार लगाएरमात्र सम्भव भएको छ । गएको वर्ष पनि हामीले बिनाकारण न्युजप्रिन्ट रोकेर पत्रिका प्रकाशन अवरुद्ध पार्न खोज्नेदेखि विभिन्न बहानामा व्यावसायिक नाकाबन्दी लगाउनेसम्मका दुष्प्रयासको सामना गर्नुपर्यो । यस्ता बाधा–अडनले हामीलाई हाम्रो व्यावसायिक प्रतिबद्धताबाट कदापि विमुख पार्ने छैन । आफ्नो पेसागत निष्ठा, अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र मुलुकको सार्वभौमिकताका मुद्दामा हामी कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौं ।
अहिले हाम्रो मुख्य प्राथमिकता शान्ति प्रक्रिया र संविधान निर्माण हो । तर हामीलाई लाग्छ, यसलाई टुंग्याउने कार्यमा हाम्रा दल र नेताहरू कहींकतै चुकिरहनुभएको छ । जेठ १४ अगावै यी काम सक्नुपर्ने दायित्वबाट उहाँहरूलाई पन्छिन नदिन हाम्रो सदैव रचनात्मक दबाब रहनेछ ।
पाठकका सुझाव एवम् रुचिलाई समेत ध्यानमा राखेर हामीले हाम्रा प्रकाशनलाई परिमार्जित एवम् परिष्कृत गर्दै आएका छौं । आगामी दिनमा पनि रंगीन पृष्ठ थप्ने, प्रेसलगायत प्राविधिक क्षेत्रमा सुधार गर्ने काम हुनेछ ।
हाम्रा श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचा, उत्साही वितरक एवम् बिक्रेता, सहयोगी विज्ञापनदाता एवम् विज्ञापन एजेन्सी र समाजका विभिन्न क्षेत्रका शुभेच्छुकहरूको सहयोग नरहेको भए कान्तिपुर उन्नाइसौं वर्षसम्म आइपुग्ने थिएन । वार्षिकोत्सवका अवसरमा हामी उहाँहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं र आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव प्राप्त हुने अपेक्षा राख्दछौं ।
.........................
कैलाश सिरोहिया
अध्यक्ष तथा प्रबन्ध निर्देशक
कान्तिपुर पब्लिकेसन्स प्रालि
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks