Loving nepal news

Wednesday, February 2, 2011

पौडेल र गच्छदार भोट माग्न बिजुक्छे निवासमा

मकर श्रेष्ठ

काठमाडौ, माघ २० - प्रधानमन्त्रीका उम्मेदवारहरु कांग्रेस नेता रामचन्द्र पौडेल र मधेशी जनअधिकार फोरम-लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले बिहीबार छुट्टा-छुट्टै रुपमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर सहयोग मागेका छन् ।

भक्तपुरस्थित बिजुक्छे निवासमा गच्छदार ८ बजेर ५० मिनेटमा र पौडेल ९ बजरे १० मिनेटमा पुगेका थिए । दुई नेताको बिजुक्छे निवासमै जम्काभेट भएको थियो । बिजुक्छेले दुवै जनालाई पार्टीमा छलफल पछि निर्णय दिने बताएका थिए ।

व्यवस्थापिका संसदमा नेमकिपाको ५ जना सभासद छन् । यसअघिको निर्वाचनमा नेमकिपाले माओवादीलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks