
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ६ - प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा भावी रणनीति बारे छलफल भएको छ ।
मन्त्रिमण्डलको बिस्तार गर्ने अपेक्षा सहित बिहीबार बसेको दुवै पार्टीको छुट्टा छुट्टै स्थायी समितिको बैठक निष्कर्षमा पुग्न नसकेपछि खनाल र दाहालबीच भावी रणनीतिका लागि छलफल भएको हो ।
छलफलमा मन्त्रिपरिषद्को विस्तार, आफुहरुबीच भएको सात बुँदे सहमतिको कार्यन्वयन तथा भावी रणनीतिको बारेमा छलफल भएको बताइएको छ ।
छलफल पछि माओवादी अध्यक्ष दाहाल सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिइ प्रधानमन्त्री निवासबाट बाहिरीएका थिए ।
दुवै नेताबीच यसअघि गृह मन्त्रालय माओवादीलाई दिने सहमति भएपनि एमाले भित्र नेता माधवकुमार नेपाल र केपी ओली पक्षले जुनसुकै हालतमा पनि सुरक्षा सम्बद्ध मन्त्रालय माओवादीलाई दिन नहुने अडान राखेपछि खनालले कार्यन्वयन गर्न सकेको छैन ।
बिहीबार एमालेले उल्टै सत्ता साझेदारीको लागि भन्दै वार्ता समिति गठन गरेपछि माओवादीले आफ्नो तर्फबाट मन्त्रीहरुको नाम मनोनयन गर्नुको सट्टा सरकार बाहिरै बस्ने निर्णय गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks