
कान्तिपुर संवाददाता
काठमाडौ, माघ २९ - लगातार १८ दिनुसम्मको अनवरत सघर्ष सामु अन्तत् तीस वर्षदेखि शासन गर्दै आएका इजिप्टका राष्ट्रपति होस्नी मुवारक झुकेका छन् । उनी शुक्रबार राति राजीनामा दिएर रेड-सीस्थित अल-शेख रिसोर्टस्थित निवासतर्फ लगेका छन् ।
बीबीसी अनलाइनका अनुसार त्यहाँको सरकारी टीभी मार्फत उपराष्ट्रपति ओमर सुलेमनले राष्ट्रपति मुवारकले सत्ता सेनालाई सुम्पेको जानकारी गराएका हुन् ।
मुवारकले सत्ता छाडेको सुने लगतै प्रदर्शनकारीहरुले झण्डा हल्लाएर, गाडीको हर्न बजाएर एक-अर्कामा खुशी साटेका थिए । 'जनताले शासन गिरायो' उनीहरुले नारा लगाएका थिए ।
उपराष्ट्रपति सुलेमानले मुवारकले सत्ता सैनिक उच्च अधिकारीहरुलाई सुम्पिएको बताएका छन् । इजिप्टको सेनालाई रक्षा मन्त्री मोहम्मद हुसेन तन्तवीले नेतृत्व गरेका छन् ।
'राष्ट्रपति मुवारकले सत्ता छाड्ने निर्णय गरेका छन्, उनले सुरक्षा अगहरुको उच्च परिषद्लाई देशको शासन सहाल्न जिम्मा दिएका छन्,' सुलेमनले भने, 'सबैलाई भगवानले रक्षा गरुन् ।'
यसअघि गएराती राष्ट्रपति मुवारकले आफुले सत्ता नछाड्ने बरु केही अधिकारहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गर्ने बताएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए । उनीहरुले मुवारकले सत्ता छाड्नुपर्ने माग गर्दै राष्ट्रपति भवन घेरेका थिए ।
राष्ट्रपति होस्नी मुवारकले राजीनामा दिएपछि खुशीयाली मनाउँदै इजिप्सियालीहरु । तस्विर: बीबीसी अनलाइन ।
प्रदर्शनकारीले ८३ बर्षीय मुवारकको ३० बर्षे शासन तानाशाही रहेको, त्यसले भ्रष्टाचार बढाएको, बेरोजगारी तथा बिसगतीहरु बढाएको बताउँदै आएको छ । उनीहरुले राजीनामा दिएर देश छाड्न भन्दै आएका थिए । तर, राष्ट्रपतिले नमानेपछि राजधानी कायरोको मुख्य भाग तेहारिर स्क्वेयर प्रदर्शनकारीले कब्जामा लिएको थियो ।
यस आन्दोलनमा ३ सय भन्दा बढीले ज्यान गुमाएका छन्भने हजारौको सख्यामा घाइते भएका छन् ।
अर्थतन्त्र डामाडोल भएको छ, सहर पुरै अराजकतामा पुगेको छ । प्रहरी लखेटिएका छन् । सडकमा सेना छ तर उनीहरु मुकदर्शक बनेका छन् । सहरमा खाद्यन्नको अभाव छ । पसल तथा ब्यापारिक प्रतिष्ठानहरु लुटिएका छन् । अन्तत् १८ दिनको अनवरत सघर्ष पछि इजिप्टका जनताले जितेका छन् । ट्यूनिसियाबाट सुरु भएको सघर्षको ज्वालाले इजिप्ट हुँदै जोर्डन लगायतका अरव मुलुकलाई प्रभावित गर्न थालेको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks