Loving nepal news

Sunday, February 6, 2011

कुहिनाले लेखपढ गर्दै


पूर्ण विके

तनहुँ, माघ २३ - विद्यालयमा करेन्ट लागेर दुवै हातको कुहिनो तलको भाग काटिएपछि कक्षा ६ का विद्यार्थी शरण घर्तीले अचेल दुवै कुहिनो जोडेर लेख्ने गरेका छन् ।

शिक्षकहरुको उत्प्रेरणाले कुहिनाले लेख्ने, किताबको पाना पल्टाउने अभ्यास गर्दै जाँदा सम्भव भएको घर्तीले बताए । क्यामिन र सतिस्वाँरा गाविसको सिमानामा पर्ने माहिन्द्री उच्च माविमा खेल्ने क्रममा करेन्ट लागेर उनको दुवै हात डढेको थियो । चिकित्सकले उपचारका क्रममा घर्तीको दुवै हात काटिदिएका थिए । गत असार १ मा विद्यालयको छतमा करेन्ट लागेका उनी दुई तला माथिबाट खसेका थिए । उनको दाहिने तिघ्रासमेत भाँचिएको थियो ।

घर्तीले पहिले पहिले कुहिनो जोडेर लेख्दा दुख्ने गरेको सुनाए । 'पहिला पहिला खुट्टाले समेत लेख्ने अभ्यास गरें' खुट्टाले भन्दा कुहिनो जोडेर लेख्न सजिलो भएकाले कुहिनो जोडेरै लेख्न थालेको बताउँदै उनले भने, 'अचेल त लेख्ने बानी परिसक्यो । लेख्दा र पाना पल्टाउँदा सजिलै हुन्छ ।'

उनले दिसापिसाब गर्न, मुख धुन र कपडा लगाउनसमेत अरुको सहारा लिनुपर्ने भएकाले ज्यादै नरमाइलो लाग्ने गरेको बताए । 'सामान्य काम गर्न मिल्ने हात हाल्न पाए हुन्थ्योझैं लाग्छ,' घर्तीले हात हाल्ने पहल गरिदिन सबैलाई आग्रह गर्दै भने, 'तर कहाँ गएर हात हाल्न सकिन्छ केही थाहा छैन ।'

शरणका बावु तिलबहादुरले नक्कली हात हाल्न पाइन्छ भनेको धेरै जनाबाट सुने पनि कसैले पहल नगरेकामा दुःख लागेको बताए । 'धेरैले नक्कली हात हाल्न पाइन्छ भन्छन् तर कहाँ पाइन्छ केही थाहा छैन,' तिलबहादुरले किनेर नक्कली हात हाल्न सक्ने आफ्नो क्षमता नभएको बताउँदै भने, 'हातै काटिएको सात महिना भइसक्यो तर कुनै पनि संघसंस्थाले हात हाल्ने पहल गरेनन् ।' उनले दमौलीस्थित अपाङ्गता भएकाहरुको संस्था 'अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र' ले नक्कली हात मिलाइदिने आश्वासन दिएको बताए । विद्यालयका प्रधानाध्यापक अमृतबहादुर थापाले कुहिनो जोडेरै भए पनि शरणले स्पष्ट र राम्रो लेख्ने गरेको बताए । उनले अपाङ्गता भएकाहरुको हकहितमा खुलेका विभिन्न संघसंस्थाले हात हाल्न चासो राख्नु पर्नेमा जोड दिए । 'परीक्षासमेत कुहिनो जोडेरै शरणले लेखे,' प्रधानाध्यापक थापाले भने, 'तर कतिन्जेल त्यसरी लेख्ने ?

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks