Loving nepal news

Tuesday, February 15, 2011

'एमाले र माओवादीले मुलुक चलाउनु लोकतन्त्रको उपहास'


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन ३ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले र माओवादी मिलेर मुलुक चलाउनु लोकतान्त्रिक पद्दतिको उपहास भएको बताएका छन् ।

मंगलबार तनहुँको दमौलीमा संचारकर्मीसँग कुरा गर्दै पौडेलले कम्युनिष्टहरुले अग्रगमनको कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए । माओवादीकै एक पक्षले नेतृत्वकै आलोचना गरिरहेकाले सरकारको आयु धेरै दिन नरहेको पौडेलको भनाइ थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks