Loving nepal news

Friday, February 11, 2011

श्रीमानले फोनवाटै तलाक दिएपछि.........

पूर्ण विके

तनहुँ, माघ २९ - बैदेशिक रोजगारमा रहेका छोराले टेलिफोनबाट तलाक दिए पनि घर नछाडेको भन्दै यहाँको एक मुस्लिम परिवारले बुहारीलाई ज्यानसम्म लिने धम्की दिएको छ ।

खाडीमुलुक दुवईमा रहेका मुवारक अली मियाँले फोनमार्फत तलाक दिए पनि घर नछोडेको भन्दै ससुरा ईमाम (धर्मगुरु) शशीउल्ला मियाँले वुहारी सल्मालाई पटकपटक धम्कि दिदै आएका हुन । दुलेगौंडा, ८ मुस्लिमवस्ती घर भएका ससुरा शशीअलीले घर नछाडे ज्यानै समेत लिने धम्कि दिएको सल्माले वताईन् ।

मुवारकले विहिवार सल्मासँग तलाक भन्दै श्रीमान श्रीमती विचको सम्वन्ध सकिएको फोनमा भनेका थिए । 'सासुससुराले तेरो श्रीमान्ले तलाक दिएपछि हामीले के गर्न सक्छौं भनेर तथानाम गाली गर्नुहुन्छ' सल्माले भनिन्, 'जानेपो कहाँ ? तलाक दिएकै हो भने मलाई अधिकार पनि चाहियो ।' १२ र ३ वर्षिया दुई छोरी रहेकोले घर छोडेर जान नसकेको बताउने सल्माले दुई वर्षपहिले ससुराले आँफुमाथि हातपात गरेकोले अझै सुरक्षित हुन नसकेको गुनासो गरिन ।

शशीअलीले विहिवार केही छिमेकीलाई वोलाएर छोरालाई फोन गरी तलाक वोल्न लगाएको सल्माले वताईन् । 'तेरो श्रीमान्को फोन आएको छ कुरा गर् भनेर मलाई दिईयो' सासुससुरासँगै वस्दै आएकी उनले भनिन्, 'श्रीमान्ले एकैचोटी तलाक दिन्छु भन्नुभयो । दुई तलाक भन्दा फोनै फालिदिएँ ।' आफु साक्षरमात्रै भएकोले पटकपटक सासुससुराले पढेलेखेकी वुहारी भित्र्याउनु पर्छ भन्दै छोरालाई भन्ने गरेको सल्माले वताईन् ।

स्याङ्जा माईती भएकी सल्माको २०५६ सालमा प्रेम विवाह भएको थियो । पहिला श्रीमान्ले आफुलाई माया गरेपनि बाबुआमाको कुरा सुनेर तीन बर्षयतादेखि बोल्न छाडेको सल्माले वताईन् । 'विदेशवाट विदामा घर आउँदा समेत नवोल्ने गरेपनि तलाक दिनेसम्मको निर्णय गर्नुहोला भन्ने सोंचेकी थिईन', उनले भनिन, 'एकैचोटी तलाक दिएपछि अन्यौलमा परेको छु ।'

उनले आफ्नो हकअधिकारको लागि आवाज उठाईदिन नागरिक समाज र पत्रकारलाई आग्रह गरेकी छिन् । 'तैंले सकेको तैंले गर् मैले सकेको मैंले गर्छु भन्दै धम्की आएको छ' सल्माले भनिन्, 'नेता र ठुलावडा मेरा हातमा छन् भन्नुभएको छ ।' उनले हक अधिकार नपाएसम्म तलाक नबस्ने बताईन ।

शशीअलीले छोराले फोन गरेर वुहारीलाई तलाक दिएपछि आँफुले केही गर्न नसक्ने वताए । 'छोरालेनै तलाक दिएपछि मैले केही गर्न सक्दिन' उनले मुस्लिम समुदायमा तीनपटक तलाक वोलेपछि श्रीमान्श्रीमतीको सम्वन्ध समाप्त हुने वताउँदै भने, 'तलाक वोली सकेपछि हामीले केही गर्न सक्दैनौं ।'

मुस्लिम संघ नेपालका पुर्व सचिव गोरा मियाँले दुवईमा रहेका श्रीमान्ले श्रीमतीलाई मन नपराई फोनमा दिईएको तलाकले कुनै अर्थ नराख्ने वताए । 'तलाक दिदाँ केटा र केटी दुवै पक्षको सहमती र सम्झौता आवश्यक छ', मियाँले फोनको भरमा दुवईवाट दिईएको तलाकले मुस्लिम कानुनकै अपव्याख्या गरेको वताउँदै भने, 'केटी पक्षको भावना नवुझि दिईएको तलाकले कुनै महत्व राख्दैन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks