
कायरो (एपी), माघ २३ - इजिप्टमा राजनीतिक संकटका कारण ३ अर्ब १० करोड अमेरिकी डलर नोक्सान भएको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपतिलाई शासनबाट हट्न माग गर्दै झन्डै दुई सातादेखि आन्दोलन भइरहेको छ । राष्ट्रपति होस्नी मुबारकले सरकार विरोध आक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनर्जीवित गर्न मन्त्रीहरूसँग छलफल गरेका छन् । शनिबार राष्ट्रपतिले प्रधानमन्त्री, अर्थ, तेल, व्यापार तथा उद्योग मन्त्रीसहित केन्द्रीय बैंकका गभर्नरलाई भेटेका छन् । अर्थमन्त्री समीर राड्वनले आन्दोलनले आफ्नो मुलुकको आर्थिक अवस्था 'निकै संवेदनशील' रहेको बताएका छन् ।
केही दिनदेखि बन्द रहेको बैंक र सेयर बजार सोमबारसम्ममा खुल्ने भएको छ । क्रेडिट एगि्रकोल बैंकका अनुसार आन्दोलनका कारण दैनिक कम्तीमा ३१ करोड डलर घाटा पुग्ने गरेको छ । प्रदर्शनले उद्योग, व्यापार, बैंक, सेयर बजारलगायत बन्द भएका छन् । हजारौं पर्यटकहरू फर्किएका छन् । अहिले ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि रहेकोमा सन् २०१० मा घटेर ३ दशमलव ७ प्रतिशत पुग्ने अनुमान उक्त बैंकले गरेको छ ।
संकटपछि बनेको सरकारले मुलुकको छवि र आधारभूत आर्थिक समस्याको चुनौती सामना गनर्ुपर्नेछ । 'इजिप्टको समस्याको केन्द्र अर्थतन्त्र हो,' रियादी स्थित साउदी प|mान्सी-क्रेडिट एगि्रकोल समूहका प्रमुख अर्थविद् जोहन स्फाकियानाकिसले भने । विश्वमा देखिएको आर्थिक संकटको तीन वर्षअघिसम्म इजिप्टको आर्थिक वृद्धिदर ७ प्रतिशत थियो । इजिप्टमा गरिबी र बेरोजगारी व्यापक छ । ८ करोड जनसंख्यामध्ये ४० प्रतिशतले दैनिक २ डलरभन्दा कम आम्दानी गर्छन् । खाद्यान्नको मूूल्य प्रत्येक वर्ष १७ प्रतिशतले बढेको छ ।
आन्दोलनका कारण दैनिक जीवन प्रभावित भएपछि समस्या झन बढेको हो । इजिप्टको कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत योगदान पर्यटन उद्योगले गरेको छ । पर्यटनबाट मात्र १ अर्ब राजस्व घाटा बेहोनर्ुपरेको अधिकारीहरूको भनाइ छ । अहिले मुलुक आउने विदेशी भनेकै पत्रकार मात्र रहेको विमानस्थल अधिकारीहरूले बताए ।
इजरायल र जोर्डनमा ग्यास आपूर्ति गर्ने पाइपलाइन अल एरिसमा विस्फोट भएको छ । ग्यास बन्द गराएपछि आगो नियन्त्रणमा लिइएको छ । कायरोको ताहरिर स्क्वायरमा केही बेर गोली चले पनि शुक्रबार राति तुलनात्मक रूपमा शान्त थियो । सरकारले सर्वसाधारणलाई काममा फर्किन प्रोत्साहित गरिरहेको छ । पर्यटकहरू अहिले डराएका छन् । आधारभूुत आवश्यकताका वस्तुको मूल्य चुलिएको छ ।
शक्ति परिवर्तन सुरु भइसकेको र मुबारकले राष्ट्रपति चुनाव नलड्ने बताइसकेको राडवनको भनाइ छ । राडवनका अनुसार १२ दिनदेखिको आन्दोलन सकाउन विपक्षीसँग वार्ता गरिने भएको छ । तर कुन विपक्षी समूह वार्तामा रहने भन्ने उनले नखुलाए पनि स्थानीय टेलिभिजनका अनुसार अल वाफ्द र अल ताजाम्मु पार्टी बैठकमा सहभागी हुनेछन् । विपक्षी मोहम्द एल बारादेईका अनुसार सेना प्रमुखसँग रक्तपातबिना परिवर्तनका लागि वार्ता गर्ने बताएका छन् । निश्चित अवधिमा राजनीतिक सुधार गरे छलफलमा सहभागी हुने ठूलो विपक्षी पार्टी मुस्लिम ब्रदरहुडले बताए पनि मुबारकले तत्काल पद छोड्नुपर्ने अडान लिएको छ । कफ्यर्ु समय घटाइएको छ । अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले अरब क्षेत्रका अप्रजातन्त्रिक मुलुकको यथास्थिति दिगो नहुने म्युनिकको एक सम्मेलनमा बताएकी छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks