Loving nepal news

Wednesday, February 2, 2011

सर्प हेर्न घुइँचो


कान्तिपुर संवाददाता

सर्लाही, माघ २० - तराईमा गर्मीमा छ्याप्पछ्याप्ती भेटिने सर्प जाडो लागेपछि देखिँदैनन् । तर जाडो भए पनि केही दिनअघिदेखि लालबन्दी १ स्थित गमबहादुर बुढाथोकीको घरछेउमा एउटा गोमन सर्प नियमित एकै ठाउँमा देखिने गरेको छ । एकै ठाउँमा लगातार गोमन सर्प बसेको हल्ला फैलिएसँगै हेर्नेको भीड

बढेको छ ।

स्वभावअनुसार फँडा उठाएर बसिरहने गोमन सर्पले कसैलाई टोक्ने वा झम्टने गर्दैन । 'नागबाबा' भन्दै हेर्न जानेको घुइँचो बुधबारदेखि बढेको छ । बुढाथोकीका अनुसार ११ दिनअघि उक्त स्थानमा देखिएको सर्प निरन्तर बसिरहेको छ ।

चिसो बढेपछि त्यही दुलोमा लुक्ने गोमन सर्प घाम लागेपछि बाहिर निस्कने गरेको बुढाथोकीले बताए । उनले बिरामी भएकाले घाम ताप्न बाहिर निस्केको हुन सक्ने बताए । आक्रमण गर्ने स्वभाव विपरीत फँडा उठाएर भीड हुँदा पनि शान्तपूर्वक बस्ने भएकाले नजिकै पुगेर हेर्नेको संख्या बढ्दो छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks