Loving nepal news

Monday, January 3, 2011

सुदूरपश्चिममा मिनी क्यासिनो


कान्तिपुर संवाददाता
महेन्द्रनगर, पुस १९ - सरकारले राजधानीमा धमाधम क्यासिनोविरुद्ध कारबाही गरिरहेका बेला पर्यटनमन्त्री शरतसिंह भण्डारीले भने यहाँ गेमिङ क्लब (जुवाघर) उद्‌घाटन गरेका छन् । हालै तीन तारे स्तरको मान्यता पाएको ओपेरा होटेल परिसरमा क्यासिनो सञ्चालन गरिएको हो ।
त्यसलाई सेन्ट्रल मिडियाले सञ्चालन गर्नेछ । क्लबबारे जानकारी दिँदै प्रबन्ध निर्देशक नरेन्द्र शाहले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत प्राप्त गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिन क्लब सञ्चालन गरेको बताए ।
भण्डारीले गेम क्लब सञ्चालकलाई मन्त्रालयको स्वीकृति अनुरूप विदेशी नागरिकलाई मात्र प्रवेश दिनुपर्नेमा जोड दिएका थिए । कुनै पनि गैरकानुनी काम हुन नदिन उनले निर्देशन दिँदै पर्यटन वर्षका अवसरमा भारतीय पर्यटक भित्र्याउन सरकारले सुदूरपश्चिममा पर्यटकीय पूर्वाधारको विकासमा उचित पहल गर्ने बताए । मिडियाले यसअघि विराटनगरको रत्ना होटलमा पनि क्लब सञ्चालन गरिरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks