Loving nepal news

Wednesday, January 12, 2011

भट्टराईलाई ८३%


कान्तिपुर संवाददाता

काठमाडौ, पुस २९ - तीन दलका चार नेतामध्ये को प्रधानमन्त्री हुनुपर्छ भन्ने कान्तिपुरले बुधबार गरेको एसएमएस सर्वेक्षणमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई ८३ प्रतिशत मत परेको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले ७, माओवादी अध्यक्ष पुष्पकमल दाहालले ६ र एमाले अध्यक्ष झलनाथ खनालले ४ प्रतिशत मत पाएका छन् ।

राति ११ बजेसम्म प्राप्त १६ हजार ३ सय २७ एसएमएसमध्ये भट्टराईले १२ हजार ६ सय २१, पौडेलले १ हजार १ सय ३४, दाहालले ९ सय ३४ र खनालले ५ सय ९९ मत पाएका थिए । त्रुटिपूर्ण तरिकाले पठाइएका एक हजार ३९ एसएमएसमा भने कसलाई समर्थन गरिएको भन्ने खुलेन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks