Loving nepal news

Thursday, January 20, 2011

कामचलाउद्वारा सरुवैसरुवा


बलराम बानियाँ

काठमाडौ, माघ ७ - कामचलाउ सरकारले भौतिक योजना तथा निर्माण र वन मन्त्रालयमा ठूलो संख्यामा सरुवा गरेको छ । मन्त्रिपरिषद्ले निजामती ऐन तथा नियमावली विपरीत दुइ सचिवलाई क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरेको निर्णय विवादमा परिरहेका बेला दुइ मन्त्रालयमा सहसचिव र उपसचिवहरूको हेरफेर गरिएको हो ।

भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले मन्त्रालयका पाँच सहसचिव र वनमन्त्री दीपक बोहराले १५ भन्दा बढी डीएफओ सरुवा गरेका छन् । एक ठाउँमा बसेको दुइ वर्षपुगेका कर्मचारीलाई मन्त्रालयहरूले सरुवा गर्न पाउने निजामती ऐनमा व्यवस्था छ ।

भौतिक योजनाले सडक विभागका महानिर्देशक रामकुमार लम्साललाई स्थापनै हुन बाँकी रेल्वे विभागमा सरुवा गरेको छ । भौतिक योजना रेल्वे तथा मेट्रो रेल आयोजनालाई विभाग बनाउने प्रक्रिया अघि बढाएको छ । बजेट र विकासका हिसाबले ठूलो विभागबाट लम्साललाई २० महिनामै जन्मनै बाँकी सबभन्दा सानो विभागमा सरुवा गरिएको हो । रेल्वे तथा मेट्रो रेल आयोजना प्रमुख सुनील कर्णलाई बाहिरी चक्रपथ आयोजना प्रमुखमा सरुवा गरिएको छ ।

सडक विभागको महानिर्देशकको जिम्मेवारी हरिओम श्रीवास्तवलाई बढुवा गरी दिइएको छ । उनी विभागमा सम्भार महाशाखा हर्ेर्ने नायब महानिर्देशक थिए ।

उनी लम्सालपछि विभागका सहसचिवमध्येमा सबभन्दा वरिष्ठ हुन् । श्रीवास्तव इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूहबाट विजयी अध्यक्षसमेत छन् ।

भौतिक योजनाले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सडक आयोजनाहरूको समन्वय गर्ने निर्देशनालयका प्रमुख दिनकर शर्मालाई विभागको सम्भार महाशाखा हर्ेर्ने नायव महानिर्देशकमा सरुवा गरिएको छ । विभागको योजना महाशाखा प्रमुख इन्दु ढकाललाई निर्देशनालयमा सरुवा गरिएको छ । योजना महाशाखामा भने कसैलाई पनि लगिएको छैन ।

वनमन्त्रीले १५ भन्दा बढी डीएफओ सरुवा गरेका छन् । नियमतः फागुनमा मात्रै सरुवा गर्नुपर्ने हो । सरुवाप्रति मन्त्रालयकै सहसचिव र सम्बद्ध कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।

काभ्रेका डीएफओ किरणनाथ श्रेष्ठलाई मध्यमाञ्चल क्षेत्रीय वन तालिम केन्द्र गोदावरी, गोदावरीका प्रमुख केशवकाजी श्रेष्ठलाई वन कार्यालय सुनसरी, सुनसरीका डीएफओ -वन अधिकृत) रामवृक्ष ठाकुरलाई वन कार्यालय काभ्रेमा सरुवा गरिएको छ । सुनसरी पठाइएका डीएफओ श्रेष्ठलाई तीन महिना अघिमात्रै वन मन्त्रालयबाट गोदावरी सरुवा गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा कारबाहीस्वरूप र्सलाहीको सागरनाथ वन परियोजनाबाट फिर्ता बोलाइएका विवादास्पद डीएफओ जीवनकुमार ठाकुरलाई चितवनको वन कार्यालयमा सरुवा गरिएको छ । चितवनका डीएफओ यमबहादुर थापा सहसचिवमा बढुवा हुने भएपछि उक्त स्थान रिक्त थियो । थापालाई भने मध्यमाञ्चल क्षेत्रीय वन कार्यालय हेटौंडाको उपनिर्देशकमा पदस्थापन गरिएको छ ।

पाल्पाका डीएफओ रामबाबु पौडेललाई वन कार्यालय तनहुँ र तनहुँका डीएफओ गणेश झालाई वन मन्त्रालयमा सरुवा गरिएको छ । कैलालीबाट फिर्ता भएका डीएफओ बाबुराम भण्डारीलाई वन मन्त्रालयको योजना तथा जनशक्ति महाशाखाअर्न्तर्गतको तालिम शाखा र वन विभागमा रहेकी विन्दु मिश्रलाई महोत्तरीको डीएफओमा सरुवा गरिएको छ ।

महोत्तरीका डीएफओ रवीन्द्र महर्जनलाई मन्त्रालयअर्न्तर्गतको जलवायु तथा रेड सेलमा सरुवा गरिएको छ भने सुर्खेतका डीएफओ विष्णुप्रसाद भण्डारीलाई मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । चितवनमा सहायक वन अधिकृत रहेका बुद्धि रिजाललाई पाँचथरको डीएफओ बनाइएको छ ।

पाँचथरका डीएफओ गणेशबहादुर कार्की काठ काण्डमा परी कारबाहीमा परेपछि त्यहाँ वन कार्यालय प्रमुख पद रिक्त थियो ।

मोरङका डीएफओ अरुण शर्मा पौडेललाई मन्त्रालयको योजना महाशाखामा बोलाएर विवादित लालनारायण सिंहलाई डीएफओ बनाएर पठाइएको छ । कास्कीका भू-संरक्षण अधिकृत गोपाल पौडेललाई भू तथा जलाधार संरक्षण विभाग बोलाएर उनको ठाउँमा लक्ष्मीप्यारी तपोललाई पठाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks