Loving nepal news

Monday, January 10, 2011

एक साता भित्रमा नयाँ प्रधानमन्त्री : माओवादी सचिव गजुरेल


राजकुमार कार्की

सिन्धुली, पुस २६ - माओवादीका सचिव सिपी गजुरेलले एक साता भित्रमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने ठोकुवा गरेका छन् । सत्रौं पटक काँग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्रीको उमेरवार हुने र अठारौं पटक देख्न नपाउने उनले बताए ।

कमलामाई नगरपालीकाको १६ औं नगरपरिषद्को सिन्धुलीमाढीमा सोमबार उद्‌घाटन गर्दै सचिव गजुरेलले अव नयाँ ढङ्गले प्रधानमन्त्रीको निर्वाचन हुने र माओवादीले प्रधानमन्त्री पाउने सम्भावना क्षीण वनेको वताए । प्रधानमन्त्री को हुन्छ ? भन्ने अझै टुङगो छैन । तर, एक थान प्रधानमन्त्री भने एक सातामा मुलुकले पाउने उहाको तर्क थियो ।

माओवादीमा वैद्य निकट मानिएका सचिव गजुरेलले माओवादीले प्रधानमन्त्री नपाउने, काग्रेसको सम्भावना नै छैन ,एमालेका झलनाथ खनाल पनि नहुने तर्क अघि सादै तटस्थ वस्न नपाउने हुदा मुलुकले भने कुनै न कुनै प्रधानमन्त्रि पाउने दावी गर्नुभयो । भारततर्फ ईङ्गित गर्दै दक्षिणतिरका छिमेकीले माओवादीलाई प्रधानमन्त्री वन्न नदिएको सचिव गजुरेलले आरोप लगाए ।

नेपालवाट अनमिन वाहिरिएपछि द्वन्दको खतरा वढ्ने भन्दै सचिव गजुरेलले दुईवटा सेनाको अनुगनम गर्ने निकाय नहुँदा शान्ति प्रक्रिया भाँडिने खतरा रहेको औल्याए ।

अनमिन नहुँदा दलहरुले शान्ति प्रक्रियालाई पुनः परिभाषित गरिनु पर्ने उनको धारणा थियो । जनबिद्रोह जनयुद्ध नभएकाले माओवादीले हतियार नउठाउने सचिव गजुरेलले ठोकुवा गरे ।

नयाँ संविधान वन्ने सम्भावना क्षीण हुँदै गएकाले देशलाई वचाउन माओवादीले जनबिद्रोहको योजना वनाएको र विना हतियार लाखौ लाख जनता सडकमा उतारेर जेठ १४ पछि नयाँ सविधान वनाउने घोषण गरे । राज्यपक्षले हतियार उठाएमा तिनै जनताले प्रतिकार गर्ने उनको भनाई थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks