
अब्दुल्लाह मियाँ
काठमाडौ, माघ ५ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि महाअभियोग लागाउने सम्बन्धमा प्रमुख तीन दल सहमत भएका छन् । सभामुख सुवास नेम्बाङको पहलमा बसेको तीन दलको बैठकले उक्त सहमति गरेको हो ।
बुधबार बिहान सिंहदरबारमा बसेको तीन दलको बैठकमा बम माथिको महाअभियोग संसदमा प्रस्ताव गर्ने सहमति भएको छ । माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले न्यायाधीश बमलाई भ्रष्टाचारको महाअभियाय लगाउन दलहरुबीच सहमति भएको बताए । उनले भने, ‘न्यायपरिषद्ले गरेको प्रस्ताव संसदमा प्रस्तुत गरिनेछ । ’ महाअभियोगको प्रस्ताव सभामुख नेम्बाङले संसदमा सुनुवाई गरेपछि संसदको दुई तिहाई मतले पारित भएमा बम माथि महाअभियोग लाग्ने छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका तीनै दलका प्रमुख सचेतक सहभागी थिए । संसदको नियमावली संशोधनक विषयमा दलहरुबीच कुरा मिल्न सकेन । त्यस विषयमा थप छलफल गरिने दलहरुले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks