Loving nepal news

Wednesday, January 19, 2011

भारतीय विदेश सचिवको भ्रमण राजनीति केन्द्रित


देवेन्द्र भट्टराई

काठमाडौ, माघ ६ - भारतले नेपाललाई आफ्नो विदेश नीतिको प्राथमिकतामा राखेको घोषणालगत्तै तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश सचिव निरूपमा रावले बुधबार दिनभरि विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । उनको कुराकानी द्विदेशीय सम्बन्धका विषयमाभन्दा पनि नेपालका आन्तरिक राजनीतिक घटनाक्रममा केन्द्रित थिए ।

रावले बुधबार माओवादी, कांग्रेस, एमाले र मधेसी दलका प्रमुखलगायत अन्य नेताहरूस“ग भेटघाट गरेकी थिइन् । त्यसमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहालस“ग नया“बजार निवासमा भएको ४० मिनेट लामो भेटवार्ता महत्त्वपूर्ण थियो ।

भेटमा सहभागी माओवादी नेता वर्षान पुनले कुराकानी खुलस्त र सौहार्दपूर्ण भएको बताए । 'चर्चाहरू भए,' उनले भने, 'सरकार निर्माणमा भइरहेका प्रयासबारे कुराकानी भयो तर निश्चित पोजिसनसहितको कुरा थिएन ।'

भारतीय विदेश मन्त्रालयमा नेपाल-भुटान मामिला हेर्ने सहसचिव सतीशचन्द्र मेहता, भारतीय राजदूत राकेश सूदसहितको उपस्थितिमा विदेश सचिव रावले अध्यक्ष दाहाललाई शान्ति प्रक्रिया, सरकार गठन र माओवादीको भारतविरोधी गतिविधिबारे जिज्ञासा राखेकी थिइन् ।

नेता पुनका अनुसार दाहालले दलीय सहमतिपछि शान्ति प्रक्रिया तीव्र गतिमा अगाडि बढ्ने उल्लेख गरेका थिए । 'विश्वासयोग्य वातावरणमा संयन्त्र बनेको छ, लडाकुलाई विशेष समितिमातहत ल्याउने तयारी भइरहेको छ,' दाहालको भनाइ थियो, 'त्यसैले शान्ति प्रक्रियाको गत्रि्रति हामी विश्वस्त छौं ।'

दाहालले निर्धारित अवधिमै राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको र यसमा ठूलो दलको हैसियतले माओवादीको नेतृत्व रहनुपर्ने भन्दै आफू दलहरूस“ग छलफलमा रहेको जनाएका थिए ।

माओवादीको भारतविरोधी गतिविधिसम्बन्धी जिज्ञासामा दाहालले आफूहरू 'भारतविरोधी नरहेको' जवाफ दिएका थिए । 'नेपाल-भारतबीच भएका सन्धि, सम्झौता र कायम सम्बन्धलाई नयाँ सर्न्दर्भमा पुनरावलोकन गर्नुपर्छ । यसो भन्दैमा हामीलाई भारतविरोधी भन्न मिल्दैन,' दाहालको भनाइ उद्धृत गर्दै पुनले बताए ।

दाहालस“गको वार्तामा सहभागी नरहेका माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईस“ग भारतीय विदेश सचिवले बिहीबार बिहान भेट्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

रावले कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि बुधबार छुट्टाछुट्टै भेटेकी थिइन् । भेटमा उनले सरकार निर्माण र शान्ति प्रक्रियाबारे चासो राखेकी थिइन् ।

अनमिन गएपछि शान्ति प्रक्रिया कसरी अगाडि बढ्ला भन्नेबारे विस्तृत छलफल भएको सभापति कोइरालाले कान्तिपुरलाई बताए ।'शान्ति प्रक्रिया चा“डै टुंगोमा पुगोस् र नेपालमा स्थायित्व होस् भन्ने भारतीय चाहना रावले व्यक्त गर्नुभयो,' कोइरालाले भने ।

स्रोतका अनुसार कोइरालाले रावसमक्ष माओवादीले जनव्रि्रोहको लाइन पारित गरेकाले उसप्रतिको विश्वासमा कमी आएको बताएका थिए । उनले नया“ संविधान निर्माणका क्रममा पहिल्यै सहमति भइसकेको लोकतान्त्रिक मूल्य मान्यताबाट समेत माओवादी पछाडि हटेको र शान्ति प्रक्रियालाई रणनीतिक रूपमा उपयोग गर्न खोजेको धारणा राखेका थिए ।

शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन कांग्रेसले सरकारको नेतृत्व चाहेको समेत कोइरालाले बताएका थिए । रावले भने नेपालका राजनीतिक दलहरूकै सहमतिमा 'सरकारविहीन अवस्था' जतिसक्दो चा“डो हटाउन सुझाव दिएकी थिइन् । 'सरकार बनाउने तपाईंहरू आफैं मिलेर हो । यसमा भारतको कुनै हस्तक्षेप हुने छैन,' कोइरालाले रावलाई उद्धृत गर्दै भने ।

कांग्रेस नेता शेरबहादुर देउवास“ग पनि भारतीय सचिवले शान्ति प्रक्रिया, संविधान लेखन र राजनीतिक स्थितिबारे जिज्ञासा राखेकी थिइन् । उनले एमाले अध्यक्ष झलनाथ खनालस“ग पनि उनकै निवास डल्लुमा बुधबारै भेटवार्ता गरिन् ।

'शान्ति प्रक्रिया र संविधान निर्माणलाई सधैं सकारात्मक रूपमा भारतले हर्ेन चाहेको धारणा उहा“ले राख्नुभयो,' वार्तामा सहभागी एक प्रतिनिधिले खनालस“गको भेटबारे भने । अध्यक्ष खनालले सरकार निर्माणको पहल भइरहे पनि सहमतीय आधारमा प्रगति हुन नसकेको जनाएका थिए ।

रावले राजपा अध्यक्ष सूयबहादुर थापास“ग पनि भेटवार्ता गरेकी थिइन् । 'भेटवार्तामा राजनीतिक कुरा भनेको सेकेन्डरी' हो, रावको चासो सरकारविहीन अवस्थाप्रति बढी देखिन्थ्यो,' थापाले सञ्चारकर्मीसित भने । बिहीबार परराष्ट्रमन्त्री सुजाता कोइरालास“ग भेटवार्ता गरेपछि राव नया“दिल्ली र्फकंदै छिन् ।

मधेसी नेताहरूसँग सामूहिक भेट

मधेसवादी दलहरूले माओवादीका गतिविधि प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नरहेको भन्दै आफूहरू लोकतान्त्रिक गठबन्धनकै पक्षमा रहेको भारतीय विदेश सचिव रावसमक्ष बताएका छन् । रावसँग बुधबार करिब पौने दूइ घन्टा भएको सामूहिक कुराकानीमा मधेसी दलका नेताहरूले यस्तो धारणा राखेका हुन् ।

होटल याक एन्ड यतीमा मध्याह्न साढे १२ बजे पुगेका मधेसी नेताहरूले करिब आधा घन्टा कुर्नुपरेको थियो । रावले करिब १ बजे भारतीय राजदूत सूदसँगै होटलमा आएर भेटवार्ता थालेकी थिइन् ।

स्रोतका अनुसार भेटमा सबैजसो मधेसी नेताले 'माओवादीको हालको गतिविधि प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यतासँग मिल्दोजुल्दो नरहेको' बताएका थिए । जवाफमा रावले भनेकी थिइन्, 'यो तपाईंहरूको मामिला हो, यसलाई कसरी समाधान गर्ने हो, त्यो तपाइंहरूले नै देख्नुपर्ने हो । भारत सरकार नेपालमा संविधान बनोस् र शान्ति प्रक्रियाको टुंगो लागोस् भन्ने पक्षमा छ ।'

मधेसी नेताहरूले उक्त भेटमा संविधान निर्माण नभए मधेसको एजेन्डा 'फिका' हुने भएकाले भारतले संविधान निर्माण गर्न सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार मधेसका नेताहरूले सीमावर्ती क्षेत्रमा भारतीय अर्धसैन्य बल एसएसबीले ज्यादती गर्ने गरेको सम्बन्धमा पनि गुनासो गरेका थिए ।

'संविधान निर्माण, मधेसको विकास योजना, शिक्षा, स्वास्थ्यलगायत विषयमा छलफल भयो,' सदभावना अध्यक्ष राजेन्द्र महतोले कान्तिपुरसँग भने । भेटमा मधेसी फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, मधेसी फोरम नेपालका प्रवक्ता जितेन्द्र देव र वरिष्ठ नेता शरदसिंह भण्डारी, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा नेपालका संयोजक महेन्द्रप्रसाद यादव, सदभावनाका अध्यक्ष महतो र महासचिव अनिल झा, सदभावना पार्टी श्यामसुन्दर गुप्ता सहभागी थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks