
भद्र शर्मा
काठमाडौ, पुस २७ - प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी शर्मा ओली पक्षका नेताहरुको दवावका वावजुद एमाले स्थायी कमिटीले मंगलबार काँग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलको बिपक्षमा मतदान गर्ने पूर्व निर्णयलाई अनुमोदन गरेको छ ।
यसअघिको केन्द्रीय समितिको बैठकले माओवादीलाई संसदको बिशेष अधिवेशनमा राखेको प्रस्ताव फिर्ता लिन र पौडेलले उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । माओवादीले प्रस्ताव फिर्ता लिएपछि संसदको बिशेष अधिवेशन अन्त्य भएको थियो ।
'केन्द्रीय कमिटीले यसअघि गरेकै निर्णयलाई कार्यन्वयन गर्ने निर्णय भयो' बैठक पछि महासचिव इश्वर पोखरेलले संवाददाताहरुसंग भने । उनले प्रधानमन्त्री र सत्ता प्रमुख नभएको उल्लेख गर्दै लोक–वाम (काँग्रेस–एमाले) गठनबन्धन नटुट्ने समेत दावी गरे ।
प्रधानमन्त्री नेपाल र नेता ओली पक्षका नेताहरुले उक्त निर्णयलाई पुनर्विचार गर्नका लागि माग गर्दै काँग्रेससंगको गठबन्धन नतोड्न माग गरेका थिए । मंगलबार बिहान प्रधानन्त्री निवास बालुवाटारमा यि दुई नेतापक्षीय नेताहरुको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउन दवाव दिने सहमति गरेको थियो ।
बैठक स्रोतका अनुसार उनीहरुले स्थायी समितिको बैठकमा पनि यही माग दोहोर्याएका थिए । उनीहरुले माओवादी नेतृत्वको सरकार कुनै हालतमा स्वीकार्य नहुने भन्दै वाम गठबन्धनकोसमेत विरोध गरेका थिए ।
स्थायी समितिको बैठकबाट आफु अनुकुलको निर्णय नआएपछि बुधबार बिहान केन्द्रीय कमिटीको बैठक बोलाउन दवाव दिने थप रणनीति तय गर्नका लागि नेपाल–ओली पक्षका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएको स्रोतले दावी गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks