Loving nepal news

Monday, January 10, 2011

'आउदो शैक्षिक सत्रदेखि निजी विद्यालय दर्ता हुन नदिइने'


विनोद भण्डा

विराटनगर, पुस २६ - माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले अगामी शैक्षिक सत्रदेखि नयाँ निजी विद्यालय दर्ता हुन नदिने वताएका छन् । सोमवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दर्ता भएका निजी विद्यालयलाई पनि नियन्त्रणमा लिएर शुल्क निर्धारण गरिने बताए ।

अहिलेसम्म दर्ता भएका निजी विद्यालयलाई सरकारी करको दायरामा ल्याइने पनि शर्माले बताए । 'सरकारले तोकेको कर अब निजी विद्यालयले पनि अनिवार्य रुपमा तिर्नु पर्छ' उनले भने, 'आउदो शैक्षिक सत्रदेखि त्यस्ता विद्यालयलाई विद्यार्थीलाई आर्थिक भार नपारी सरकारलाई कर तिर्न क्रान्तिकारीले बाध्य वनाउने छ । कर नतिर्ने विद्यालय कारवाहीको भागीदार हुनेछ ।'

अखिल क्रान्तिकारीले उठाएका शैक्षिक मुद्दा पुरा गर्न आफुहरु एउटा हातमा कलम र अर्को हातमा वन्दुक वोक्न समेत तयार रहेको उल्लेदख गर्दै अध्यक्ष शर्माले पाँच वर्षभित्रमा कक्षा १२ सम्मको शिक्षा निजीकरणवाट मुक्त गर्ने दावी गरे । राजनीतिक दलहरुको वेइमानी र विद्यार्थी संगठनहरुको कमजोर आन्दोलनका कारण शैक्षिक मुद्दाको सम्बोधन हुन नसकेको उनको भनाई थियो ।

क्रान्तिकारीले आउदो सत्र देखि राजनीतिक दलका नेता र सरकारी कर्मचारीका छोराछोरीलाई निजी विद्यालयवाट निकालेर सरकारी विद्यालयमा पढ्न पठाउने वातावरण वनाउने शर्माले वताए । 'सरकारी विद्यालयको पाठ्यक्रम परिवर्तन गरिने छ' उनले भने, 'त्यसपछि नेता र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढन पाउने छैनन्, उनीहरुका छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा पढनु पर्छ ।'

सरकारी विद्यालय र क्याम्पसमा पढाउने शिक्षक र प्राध्यापकलाई पनि निजी स्कुल र कलेजमा पढाउन र लगानी गर्न रोक लगाउने शर्माले ठोकुवा गरे । सरकारी विद्यालय र क्याम्पसमा पढाउने शिक्षकको निजी स्कुल र कलेजमा अथाहा लगानीले निजी शिक्षण सस्था फष्टाएको उनको तर्क थियो ।

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन यसैपाली हुने जानकारी दिंदै उनले अबदेखि यूनियनको निर्वाचन समानुपातिक प्रणाली अर्न्तगत हुने वताए । समानुपातिक निर्वाचन प्रणालीमा ५१ प्रतिशत मत ल्याउने विद्यार्थी संगठनले एकलौटी समिति गठन गर्ने उनको भनाई थियो ।

शर्माका अनुसार ५१ प्रतिशत मत कुनैपनि संगठनले नल्याए सवै भन्दा वढी मत ल्याउनेले सभापति पाउने छ । उनले समानुपातिक प्रणाली अन्तरगत यूनियनको निर्वाचन गर्न सवै दल निकट विद्यार्थी संगठन वीच वहस भइरहेको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks