Loving nepal news

Sunday, January 16, 2011

माइलीको ब्रिटनी प्रेम


एजेन्सी

लस एन्जल्स, माघ ३ - टिन आइडल माइली साइरसले कुनै समय 'वान मोर टाइम' गायिका बि्रटनी स्पेयर्स जस्तै सफल बन्ने सपना देखेकी थिइन् । त्यसैले उनी पहिलेदेखि नै बि्रटनीकी ठूलै फ्यान हुन् । अझ ब्रिटनीको सिङ्गल 'होल्ड इट अगेन्स्ट मी' रिलिज भएदेखि त माइलीले उनलाई झन् मन पराउन थालेकी छन् ।

'ह्याना मोन्टाना' स्टार माइलीले बि्रटनीको नयाँ गीत सुन्नबाट आफूलाई रोक्न सकिरहेकी छैनन् । 'ब्रिटनीको पछिल्लो गीत 'होल्ड इट अगेन्स्ट मी' को लत लागेको छ । मेरो आइट्युनमा जति सुने पनि पुगेकै छैन,' १८ वर्षीया नायिका/गायिकाले भनेकी छन् । पछिल्लो फिल्म 'सो अन्डरकभर' को छायांकन स्थलमा पनि उक्त गीत सुन्दै नाच्दै गरेको समेत उनले आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेकी छन् ।

गत साता रिलिज बि्रटनीको 'होल्ड इट अगेन्स्ट मी' २४ घन्टाभित्र १७ देशका म्युजिक चार्टमा एक नम्बरमा परेको छ । यो गीत आउँदो मार्चमा रिलिज गरिने भनिएको गायिकाको सातौं एल्बममा समावेश गरिनेछ । गीतले चार्टमा सफलता पाएपछि २९ वषर्ीया गायिकाले ट्वीटरमार्फत फ्यानहरूप्रति आभार जनाएकी छन् ।

माइलीका साथसाथै बि्रटनीका अन्य फ्यानहरू यस गीतमा नाचिरहेका भए पनि गायक केनी वेस्ट भने रुष्ट छन् । अमेरिकाको चार्टमा पहिलो स्थान ओगटिरहेको उनको पछिल्लो गीत 'एजएएम' लाई बि्रटनीको गीतले पछाडि पारेको छ । केनीले ट्वीटरबाट व्यङ्ग्यात्मक बधाई दिँदै लेखेका छन्, 'पहिलो स्थान ओगटेकोमा बधाई छ, तर मेरो गीत कैयौं गुणा राम्रो छ ।' केनीले पछि त्यो ट्वीटर पोस्ट मेटाएका थिए । यसबारे बि्रटनीले केही नभने पनि उनका म्यानेजर एडम लेबरले 'धन्यवाद, हामीलाई पहिलो स्थानमा बस्न दिएकोमा' भन्दै व्यङ्ग्यात्मक रूपमै प्रतिक्रिया दिएका थिए । केनीले आफूले ठट्टामात्र गरेको भन्दै माफी पनि मागेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks