Loving nepal news

Tuesday, January 11, 2011

प्रधानमन्त्रीमा माओवादीले दावी नछाड्ने


गंगा बीसी

काठमाडौ, पुस २७ - एमाले नेताहरुलाई काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको बिरुद्धमा मतदान गर्न सहमत गराएको केही समयपछि नै माओवादीले आफ्नो नेतृत्वमा सरकारको दावी दोहोर्याएको छ ।

माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गर्दै त्यसमा कसै गरी सहमति जुटाउन नसकेमात्र अन्य बिकल्पका बारेमा छलफल गर्ने भएको हो ।

एमाले शीर्ष नेताहरुसंगको बैठक लगत्तै मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्त्यका लागि बिपक्षमा मतदान गर्ने र त्यसपछि आफ्नो नेतृत्वमा वा त्यसो हुन नसकेमा मात्र आफु अनुकल सरकार बनाउने गृहकार्य गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

त्यसका लागि उसले एमालेको नेतृत्व बिकल्प हुन सक्ने बिषयमा छलफल गरेको एक नेताले बताए । माओवादी र एमालेबीच आगामी सरकार बनाउने बिषयमा गोप्य कुराकानी भइरहेको छ ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेसले उम्मेदवारी फिर्ता नगरे बिपक्षमा मतदान गर्ने निर्णय गरेको बताए । 'कांग्रेसले उम्मेदवारी फिर्ता नगरे बिपक्षमा मतदान गर्ने कुरा भएको छ' उनले भने । उनले अझै पनि माओवादीको नेतृत्वको सरकार गठनको पहल गर्ने पनि जनाए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks