
कान्तिपुर संवाददाता
काठमाडौ, पुस २१ - माओवादीले राष्ट्रसंघीय मिसन (अनमिन) को अनुगमनका कन्टेनर र हतियार सरकारले मागेकामा आपत्ति जनाउँदै त्यसो भए शान्ति प्रक्रिया भंग हुने चेतावनीसहित पत्र लेखेको छ । सरकारले अनमिनलाई पत्र लेखी अनुगमनमा रहेका कन्टेनर र हतियार बुझाउन आग्रह गरेको थियो ।
अध्यक्ष पुष्पकमल दाहालले अनमिनलाई मंगलबार पत्र लेखी सरकारको पत्रका आधारमा कन्टेनर र हतियार बुझाए विस्तृत शान्ति सम्झौता र अन्य सम्झौता उल्लंघन हुने उल्लेख गरेका
छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार अनमिनको म्याद सकिएपछि लडाकु, हतियार रेखदेखको जिम्मेवारी विशेष समितिले लिनु शान्ति सम्झौता र हतियार लडाकु सम्झौताविपरीत हुनेछ ।
'अनमिन गएपछि जनसेनको शिविर र हतियार स्वतः विशेष समितिको मातहतमा आउँछ भन्नु शान्ति सम्झौताविपरीत छ,' पत्र उद्धृत गर्दै उनले भने, 'त्यस्तै नेपाली सेनालाई अनुगमनबाट हटाउन पनि सम्झौताले दिँदैन ।' शान्ति प्रक्रियाको अर्काे पक्ष आफ्नो सहमतिबिना सरकारको पत्र कार्यान्वयन नगर्न र यसबारे सुरक्षा परिषद्को ध्यानाकर्षण गराइदिन माओवादीको आग्रह छ ।
सरकारले अनमिनलाई लेखेको पत्रमा हतियार र गोलीगठ्ठासहितका कन्टेनरहरू, हतियार र सेनाबारे अध्यावधिक विवरण, संयुक्त अनुगमन समितिसँग रहेका कागजपत्रहरू, लडाकुका परिचयपत्र र हतियारको वारकोड र सफ्टवेयर दिन आग्रह गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks