Loving nepal news

Thursday, January 27, 2011

शिक्षा कार्यालय पारदर्शी हुन नसकेको दलहरुको आरोप

कान्तिपुर संवाददाता

पाल्पा, माघ १४ - जिल्लाका राजनीतिक दलहरुले जिल्ला शिक्षा कार्यालय पारदर्शी हुन नसकेको आरोप लगाएका छन् ।

उनीहरुले कार्यालयको विषयमा पटक पटक कुरा उठाउने गरेपनि सुधारतर्फ नगएको समेत बताए । शिक्षाबाट सम्ंपादन हुने कार्यक्रमहरुबारे आफुहरु अनभिज्ञ रहेको राजनीतिक दलका नेताहरुले जाहेर गरे । शिक्षाले आयोजना गरेको वार्षिक कार्यक्रम प्रवोधिकरण कार्यक्रममा नेताहरुले शिक्षामा हुने गरेका कुनैपनि कामको पारदर्शिता नभएको बताएका हुन् ।

जिल्लाका व्यवस्थापन समिति, शिक्षासंग सरोकार राख्ने विभिन्न क्ष्ाेत्र, राजनीतिक दल, संचारकर्मी, नागरिक समाजको उपस्थितीमा शिक्षा कार्यालय विधिसम्वत् र संस्थागत तरिकाले शिक्षा कार्यालय नचलेको आरोप समेत लगाइयो । शिक्षाले अहिलेसम्म राजनीतिक दल, नागरिक समाज, संचारकर्मीलाई आफ्ना कुनै कार्यक्रमबारे जानकारी गराउने गरेको छैन ।

एमाले अध्यक्ष यादवबहादुर रायमाझीले शिक्षा समितिको वैठक वर्षौदेखि नवसेको र पुर्णता समेत नपाएको बताए । 'समितिको वैठक नवसेको बर्षौ भैसकेको छ । समिति पुरा समेत गरिएको छैन' उनले भने, 'सभाषद्हरु यसमा मनोनित हुन्छन् तर, अहिलेसम्म कुनैपनि पार्टीका सभाषद्लाई वोलाईएको छैन ।' महिनौअघि समेत यसको बारेमा कुरा उठाईएको तर अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए ।

उनले राजनीतिक दलहरुलाई यसवारेमा जानकारी नभएको बताए । जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानीय विकास अधिकारी, सदस्यमा प्रमुख जिल्ला अधिकारी, सदस्य सचिव शिक्षा अधिकारी र पदेन सदस्य जिल्लाका सभाषद् हुन्छन् । पुर्व सांसद समेत रहेका रायमाझीका अनुसार शिक्षा समितिका वैठकमा सभाषद्लाई वोलाउनै पर्छ ।

'शिक्षामा भएका सम्पुर्ण गतिविधि अपारदर्शि छ, जिल्लाका राजनीतिक दलहरुलाई वेखवर गरिन्छ' उनले भने, 'शिक्षा कार्यालय भित्रैका कर्मचारीको सोंच र इच्छा अनुसार चल्ने गरिएको छ ।' सेवाग्राहिलाई मतलव गरिदैन न त राजनीतिक दललाई नै वास्ता गरिन्छ ।' विगतमा कुरा उठाएपनि अहिलेसम्म राजनीतिक दलको कुरालाई सुनुवाई नभएको उनले बताए ।

प्रति विद्यार्थी कोष अन्तर्गतको शिक्षक कोटा समेत अपारदर्शि ढंगबाट वितरण भएको आरोप लगाईएको छ । यस्तै, विद्यालय भवन निर्माण, कोटा वितरण गरिसकेपछि मात्रै यसरी जानकारी गराएकोमा आपत्ती समेत जनाए । नागरिक समाजका मीनबहादुर केसीले शिक्षा कार्यालयले पारदर्शी ढंगले काम गर्नु पर्ने बताउदै विकृति र विसंगतीलाई हटाउन जरुरी रहेको बताए ।

'शिक्षामा जति लगानी छ त्यसको प्रतिफल भने छैन' उनले भने, 'त्यसैले सबै क्षेत्रको सहयोग लिएर काम गर्नु जरुरी छ ।' नेपाली कांग्रेसका देवराज ढकालले एमाले, कांग्रेसलाई शिक्षा, शिक्षक, कर्मचारीले टेर्न छाडेकोले अव माओवादीलाई सुधार्न अनुरोध गरे । सबै राजनीतिक दलले यसप्रति वेवास्ता गरेकाले पारदर्शिता नभएको महशुष भएको उनले बताए । राजनीतिक दलका प्रमुख व्यक्ति नै विद्यालय व्यवस्थापन समितिमा रहने गरेकाले शिक्षाका कर्मचारीकै हालीमुहाली चल्ने गरेको आरोप लाग्ने गरेको छ ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरुले शिक्षामा काम गर्ने तौर तरीका पत्ता लगाउन नसकेको बताए । 'अनुगमन होस् वा निर्णय गर्दा कहिल्यै राजनीतिक दल, संचारकर्मी कसैलाई सहभागी गराईदैन' नेपाल पत्रकार महासंघका सचिव राजेशकुमार अर्यालले भने, 'शिक्षा कार्यालय यस विषयमा गम्भीर बन्नु जरुरी छ ।' नेपाल शिक्षक यूनियनका अध्यक्ष लक्ष्मण बस्यालले जिल्ला शिक्षा समिति पुर्णता नभएको बताउदै यस विषयमा शिक्षक संयन्त्रले समेत पटक पटक कुरा राख्ने गरेको बताए । उनले वाषिर्क रुपमा गर्ने कार्यक्रमका लागि खाका तयार गरेर शिक्षामा दिने गरेको बताए ।

जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले शिक्षाको क्ष्ाेत्र धेरै भएको र वाषिर्क रुपमा यहि कार्यक्रम मार्फत् जानकारी गराउने गरेको बताए । 'विकृति र विसंगती हटाउन सबैको सहयोग चाहिन्छ' उनलेभने, 'खुल्ला कितावको रुपमा शिक्षा कार्यालय प्रस्तुत हुनेछ र सबैलाई कार्यक्रमबारे जानकारी गराईने छ ।' उनले अनुगमनका लागि कुनै रकम नआउने भएकोले समस्या भएको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks