Loving nepal news

Tuesday, January 11, 2011

अर्गानिक तरकारी खेतीमा चिनियाँ जोडी


दीपेन्द्र विष्ट

काठमाडौ, पुस २८ - बजारमा विषादी र रासायनिक मल प्रयोग गरेका तरकारीको अत्यधिक बिक्री भइरहेको बेला एक चिनियाँ दम्पती राजधानीको केन्द्रमा अर्गानिक खेती गरिरहेका छन् ।

रामशाहपथस्थित खाद्यसंस्थानको ३६ रोपनी जग्गा भाडामा लिई यो जोडीले छ वर्षदेखि अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ । रासानियक मल र विषादी प्रयोगले स्वास्थ्यमा असर पर्ने भएकाले आफूहरू आर्गानिक उत्पादनतिर लागेको लियो सियो लेनले बताए ।

'यहाँ विशेष गरी रासायनिक मल र विषादी प्रयोग गरेका तरकारी मानिसहरूले खाइरहेका छन्,' उनले भने, 'त्यसको मात्रामा कम गर्न सकिन्छ कि भनेर हामीले दुुःखसुुख गरेर अर्गानिक खेती सुरु गरेका हौं । सफल हुने आशा छ ।' दशकअघि नेपाल आएका मेकानिकल इन्जिनियर लियोले यसअघि ठमेलमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका थिए । कोरियाली मूलकी उनकी श्रीमती गायिका हुन् । अहिले पनि बेइजिङमा पेन्टिङ र थांकाको व्यवसाय गरिहेका लियो नेपालमा अर्गानिक तरकारीको सम्भावना देखेर यसप्रति आकषिर्त भएका हुन् । 'नेपालमा अर्गानिक तरकारीको माग बढ्दो छ । त्यसका लागि किसानले पर्याप्त मात्रामा परिश्रम गर्नुपर्छ,' उनले भने, 'वातावरण परिवर्तनले स्वास्थ्यमा दिन प्रतिदिन प्रतिकूल असर परिरहेको बेला सबैले अर्गानिक तरकारीको खेती सुरु गरे राम्रो हुने थियो ।'

रासायनिक मलले माटोको जैविक शक्ति नष्ट गरेपछि उत्पादन कम हुने भएकाले अर्गानिक खेती उत्तम भएको लियोले बताए । गि्रन हाउस नामक र्फमबाट अर्गानिक खेती सञ्चालन गरेका उनले यसअघि चोभारमा यस्तै खेती गरेका थिए । कामदारको अभावले त्यहाँ त्यत्तिकै छोडेको उनले बताए । स्याउला सोत्तरबाट तयार पारिएको मलको प्रयोग गरेर उत्पादन भएका तरकारी निकै स्वादिलो हुुने र्फममा काम गर्दै आएका अनिल शाहीले बताए ।

अर्गानिक तरकारीको स्वाद यहाँ पाइन्छ भन्ने जानकारी भएका ग्राहक सधैं किन्न आउने गरेको उनले बताए । 'यहाँ अर्गानिक तरकारी पाइन्छ भन्ने सबै मानिसलाई थाहा पनि छैन,' उनले भने, 'स्वाद थाहा पाएका ग्राहक नियमित आउने गर्छन् ।' चाइना, छिन्छचाई, ताकहाई चिनियाँ नामका हरियो तरकारी यहाँ उत्पादन हुँदै आएको छ ।

तरकारीका ग्राहक विदेशी कूटनीतिज्ञ, सरकारी कर्मचारी रहेको शाहीले कान्तिपुरलाई बताए । जानकारी भएकाले दुई रुपैयाँ महँगो तिरेर भए पनि अर्गानिक तरकारी लिन आउंने गरेकाले आफ्नो हौसला बढेको उनले बताए ।

छिन्छोछोई, कुन्छोई क्रमशः प्रतिकिलो २ सय, ६० रुपैयाँमा बिक्री हुँदै आएको उनले जानकारी दिए । यहीँ भित्रै करिब ५ रोपनी जग्गामा लियोले माछा पालनसमेत गर्दै आएका छन् । माछा प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री हुने गरेको शाहीले बताए । 'वरपर रहेका कार्यालयहरू राष्ट्रिय बिमा संस्थान, कृषि विकास बैंक र वाणिज्य बैंकका कर्मचारीले प्रायः अर्गानिक तरकारी किनेर लैजाने गर्छन् । 'हामी अलिकति महँगो भए पनि यहीँबाट तरकारी किन्ने गर्छौं,' संस्थानका कर्मचारी गणेश जिसीले भने, 'वरपरका कार्यलयका कर्मचारीले समेत यही किन्ने गर्छन् ।' र्फममा दैनिक ७ जना र सिजिनअनुुसार २० देखि २५ जना नेपाली कामदारले रोजगारी पाएका छन् । उनीहरूले २ देखि ३ सय रुपैयाँसम्म दैनिक ज्याला पाउँछन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks