Loving nepal news

Saturday, January 15, 2011

अबको बैठकले नयाँ सरकार दिन्छ'


कान्तिपुर संवाददाता


भक्तपुर, माघ १ - सभामुख सुभाषचन्द्र नेम्वाङले अब बस्ने पहिलो व्यवस्थापिका संसदको बैठकले नयाँ सरकार दिने बताएका छन् । उनले संसद साँसदहरुलाई धेरै दिन दुःख दिने पक्षमा नरहेको बताए ।

'पहिलो पटकमा नतिजा नआए दोस्रो पटकमा पक्कै आउँछ,' शनिबार भक्तपुर स्थित सीबीआर नामक एक गैह्र सरकारी संस्थाको रजत जयन्तीको अवसरमा उनले भने, 'पुरानो निर्वाचन प्रक्रिया अन्त्य गरी नया निर्वाचनको आधार तयार गरेका छौ ।'

संसदको नियमावली संसोधनको अन्तिम चरणमा रहेकोले सरकार गठनमा ढिलाई नहुने उनले दाबी गरे । 'बिगतमा सभासद्हरु अनुपस्थित र दलहरु तटस्थ बसेका थिए,' उनले भने, 'त्यसैले नियमावली संसोधन गर्न सकिएको थिएन, सर्वोच्च अदालतले पनि अमान्य घोषाणा गर्‍यो ।' तीन गते नियमावली संसोधन हुने उनले जानकारी दिए ।

दलहरुले चाहे देश र जनताको हितमा आफना सबै स्वार्थ भन्दा उठ्न सक्ने शुक्रबारको निर्णयले देखाएको उनले बताए । अनमिन गएपछि के होला भन्ने सबैमा चिन्ता भएपनि सरकार र माओबादी बीच भएको सहमतिले नयाँ आशा पलाएको उनले बताए ।

'अनमिनको झण्डा ओराली रहँदा अब अनमिनको काम कसले गर्छ भन्ने थियो,' नेम्वाङले भने- 'दलहरुले अन्तिम क्षणमा सबै काम गर्ने भनेर बिगतमा नाम कमाएका थिए, त्यसैले अन्तिममा निर्णय गर्छ भन्ने सबैलाई आशा थियो, खुसीको कुरा र्‍याडिसन होटलमा झण्डा उचाल्दै गर्दा बानेश्वरमा झण्डा झार्ने काम भइरहेको थियो ।'

तीन चार दिनमा शान्ति प्रक्रियाको अरु महत्वपूर्ण निर्णय सुन्न पाउने उनले बताए । शान्ति प्रक्रियालाई टुङगोमा पुर्‍याउनुको बिकल्प नरहेको उनले बताए । धैर्यता पूर्वक सम्पूर्ण दल र जनता एक ढिक्का हुनु पर्नेमा उनले जोड दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks