अब्दुल्लाह मियाँ काठमाडौ, पुस २० - नयाँ संविधानमा रहेको विवाद मिलाउन मंगलबार बसेको २८ दलको बैठकले संविधानसभाको तीन वटा विषयगत समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।
संविधानसभाको राष्ट्रिय हित संरक्षण समिति, मौलिक हक अधिकार तथा निर्देशन सिद्धान्त निर्धारण समिति र सामाजिक तथा साँस्कृतिक एक्यबद्धता समितिले गरेको प्रस्ताव बैठकले पारित गरेको हो ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बनेको उच्च स्तरिय कार्यदलले जुटाएको सहमतिलाई नै २८ दलको बैठकले अनुमोदन गरेको हो ।
तर, राष्ट्रिय हित संरक्षण समितिले प्रतिवेदनमा रहेको १८ बर्ष पुगेका सबै नागरिकलाई सैनिक तालिम दिने भन्ने सम्बन्धमा जारी रहेको विवादलाई भने बाँकी ८३ वटा विवादमा राखिएको छ ।
नेपाल मजदुर किसान पार्टीले भने मौलिक अधिकार समितिमा रहेको सम्पतिको हक सम्बन्धी व्यवस्थामा निजी सम्पतिको सिमा राख्नु पर्ने धारण राखेको थियो ।
बैठकमा सहभागी माओवादी नेता देव गुरुङका अनुसार बुधबार संबैधानिक समितिको प्रतिवेदनमाथि छलफल गर्ने र त्यसैगरी बिहीबारदेखि विवादित विषयहरुमा छलफल गर्नेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks