Loving nepal news

Sunday, January 9, 2011

मायावती बन्दै मनीषा


कान्तिपुर संवाददाता

मुम्बई (एजेन्सी), पुस २५ - मनीषा कोइरालाले भारतीय राज्य उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीबाट प्रेरित पात्रको भूमिका गर्ने भएकी छन् । देहरादूनका निर्माता योगराज साइनीले 'दिल से' नायिकालाई उक्त फिल्ममा अनुबन्धित गरेका हुन् ।

नवनीत कौशिकको निर्देशनमा बन्ने यो फिल्म मायावतीको जीवनीमा आधारित भने हुनेछैन । 'यो फिल्म पूरै मायावतीका बारेमा बनाउन लागेको होइन,' निर्माता योगराजले भने । उनले फिल्ममा मनीषाले निर्वाह गर्ने पात्र उत्तर प्रदेशको मुख्यमन्त्री मात्र नभई देशकै प्रधानमन्त्री हुने जानकारी दिए । उक्त फिल्ममा भारतीय टेलिभिजन सिरियल 'झाँसी की रानी' की अभिनेत्री उल्का गुप्ताले पनि मायावतीको भूमिका गर्नेछिन् । उल्काले मायावतीको युवावस्थालाई पर्दामा उतार्नेछिन् भने मनीषाले त्यसपछिको राजनीतिक यात्रालाई ।

४० वषर्ीया मनीषाले यो कुराको पुष्टि गरेकी छन् । 'गत वर्ष योगराजले मेरा सेक्रेटरीलाई यो फिल्मबारे बताएका थिए । मैले फिल्म खेल्ने निधो गरेकी छु,' उनले भनिन्, 'तर, अहिले नै स्त्रिmप्ट पाइनसकेकाले यसबारे केही बोल्ने अवस्थामा भने म छैन ।' उनले फिल्ममा दलित समुदायकी युवतीको राजनीतिमा प्रवेश, ती युवतीको संघर्ष र सफलता पर्दामा उतार्नेछिन् ।

केही समययता कमै बलिउड फिल्ममा देखापरेकी मनीषाको नेपाली कमब्याक फिल्म 'धर्मा' ले त्यति राम्रो व्यापार गर्न सकेन । नेपाली डेब्यु फिल्म 'फेरि भेटौंला' को असफलतापछि सन् असीको दशकमा बलिउड गएकी मनीषाले त्यहाँ थुप्रै सफलता पाएकी थिइन् । हेरौं, यो फिल्मले उनलाई बलिउडमा फेरि महत्त्वपूर्ण स्थान दिन्छ कि दिँदैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks