Loving nepal news

Sunday, January 9, 2011

भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउन निर्देशन * साउदी अरबका राजदूत छानविनको दायरामा


राजेन्द्र फुयाल

काठमाडौ, पुस २५ - व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले भारतस्थित नेपाली राजदूत रक्मशमशेर राणालाई तत्काल पदमुक्त गरी फिर्ता बोलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले डाबर नेपालको प्रबन्ध निर्देशक समेत रहेका कारण राणालाई पदमूक्त गरिनुपर्ने निर्णय गरेको छ । उक्त उद्योगको गैर कानूनी कार्यको अख्तियारले छानविन गरिहेको बेला राणालाई राजदूत जस्तो पदमा राखि राख्न नहुने समितिको ठहर छ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षका रुपमा राणाले गरेको चीन भ्रमणका विषयमा पनि समितिको चासो राखेको छ । राणाको अन्य भूमिकका कारण नैतिक र कानूनी रुपमा पनि उनलाई राजूतमा राख्न उचित नहुने समितिले निर्णय लिएको छ । समितिले परराष्ट्र सचिव मदन भट्टराई समेतका अधिकारीहरुसंगको छलफलपछि आइतबार त्यस्तो निर्देशन दिएको हो ।

त्यस्तै,मृतकको क्षतिपूर्ति रकम आफ्नो निजी खातामा राखेको अभियोग लागेका साउदी अरबका लागि नेपाली राजदूत हमिद अन्सारीलाई छानविन गरी कारवाही गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले अनमिनको अनुपस्थितिपछि मुलुकमा बढ्न सक्ने द्वन्द्व तथा मान अधिकार उल्लंघनका घटनाका विषयमा छलफल गर्न प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks