
दुर्गालाल केसी दाङ, पुस १९ - माआवादीका नेता कृष्णबहादुर महराले अनमिनलाई छिटो बिदा गर्नुका पछाडि भारतको भूमिका रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महराले भारतले आफू सक्रिय हुन अनमिनलाई बिदा गराउने षड्यन्त्रमा लागेको बताए ।
विस्तृत शान्ति सम्झौताको प्रत्यक्षदर्शी भएकाले सेना समायोजन अघि नै उसलाई बिदा गर्दा संवैधानिक जटिलता आउन सक्ने महराले बताएका छन् । उनले अनमिनको टंगो लाग्नु अघि सरकारको टुंगो लाग्ने संभावना कम रहेकाले झनै समस्या आउने बताए ।
महराले कांग्रेस र एमालेले बहुमत पुर्याएर नयाँ सरकार निर्माण गरे माआवादी प्रतिपक्षमा बस्न तयार रहेको बताए । लामो समयसम्म देशलाई सरकार विहिनताको अवस्थामा राख्न नहुने भन्दै महराले निर्वाचन प्रकृया फेरेर आउँदो २५ गते नै संसदबाट नयाँ प्रधानमन्त्रीको टुंगो लगाउनुपर्ने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks