Loving nepal news

Tuesday, January 4, 2011

निजी स्वार्थका कारण मधेसवादी दल फुटेः उपेन्द्र यादव


काठमाडौ, पुस २० - मधेसी जनधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले निजी स्वार्थका कारण मधेसवादी दलहरु फुट्ने क्रम जारी रहेको बताएका छन् ।
विभिन्न दलबाट तिरस्कृत नेताहरुलाई समेटेर गठन भएका दलका नेता भित्र अझैपनि सत्ता र शक्ति प्रतिको मोह बाँकी रहेकाले मधेसवादी दलहरु एक हुन नसकेको उनको भनाई थियो ।
मंगलबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष यादवले सत्तामा पुगेका नेताहरुले सम्पतीको बलमा पार्टी फुटाउन दुर्भाग्यपूर्ण भएको बताए । मुख्य तीन दलले गणितिय खेलका लागि मात्र मधेसवादी दलहरुलाई प्रयोग गरिरहेको चिन्ता व्यक्त गर्दै उनले आगामी दिनमा सम्पूर्ण मधेसवादी दलहरुबीच कार्यगत एकता हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै अर्को प्रसंगमा यादले शान्ति प्रक्रियका लागि उपयुक्त वातावरण निर्माण नभएसम्म अनमिन फिर्ता जान नहुने धारणा राखेका छन् । अनमिनले गरेका काम आगामी दिनमा कसले गर्ने भन्नेमा स्पष्ट नभई सकेको अवस्थामा अनमिन फिर्ता गए शान्ति प्रक्रिया अलपत्र पर्ने यादवले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks