Loving nepal news

Saturday, January 29, 2011

उद्योगमा चन्दा आतंक र आन्दोलन रोक्ने दाहालको प्रतिवद्धता


शंकर खरेल

काठमाडौ, माघ १६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्योगहरुमा भइरहेको चन्दा आतंक र ट्रेड युनियनहरुको गलत किसिमको आन्दोलनलाई रोक्ने प्रतिवद्धता जनाएका छन् । आइतबार इटहरीमा उद्योगी/व्यवसायीसंगको अन्तक्रिर्यामा दाहालले उद्योग व्यवसाय समस्या रहेपनि सरकार त्यसप्रति गम्भीर हुन नसकेको बताए ।

'चन्दा आतंक र गलत किसिमको आन्दोलनले धरायसी बन्दै गएको उद्योगहरु लोडसेडिङबाट थप मारमा परेका छन्',उनले भने-'मेरो पार्टीका कार्यकर्ताबाट भएका गलत प्रकारका आन्दोलन र अनावश्यक चन्दा आतंक रोक्न प्रतिवद्ध छु ।'उनले पर्यटन वर्ष २०११ लाई लक्षित गरेर बन्द हड्ताल जस्ता कार्यक्रम निरुत्साहित गर्न कोशिस गर्ने बताए ।

शान्ति र संविधान सहितको राजनीतिक स्थरिताले मात्र उद्योग व्यवसाय फस्टाउन सक्ने भन्दै उनले उद्योगी व्यवयसायीले राजनीतिक दलहरुलाई सकारात्मक दवाबव दिनसक्नु पर्ने उल्लेख गरे । सुनसरीको हासपोसामा निर्माण भएको शहीद प्राथमिक विद्यालयको उदघाटन गर्न दाहाल यहाँ आएका हुन् । विभिन्न आन्दोलनमा शहीद भएका परिवारका छोरा छोरी उक्त विद्यालयमा पढ्ने छन् ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks