
अब्दुल्लाह मियाँ
काठमाडौ, माघ १६ - संवैधानिक समितिले नयाँ संविधानमा देखिएको विवादमा सहमति खोज्न र संविधानको मस्यौदा लेख्न अघि बढाउन आइतबारदेखि राजनीतिक दलहरुसंग परामर्श थालेको छ ।
संविधानमा देखिएको विवादमा सहमति खोज्ने जिम्मा संविधानसभाको बैठकले समितिलाई दिएको छ । जिम्मेवारीपाएपछि समिति सक्रिय भएको छ । समितिले आइतबार बिहान माओवादीका नेताहरुसंग छलफल गरेको छ । समिति अध्यक्ष निलाम्बर आचार्यले आफ्नै कार्यकक्षमा माओवादी नेताहरु बाबुराम भट्टराई,नारायणकाजी श्रेष्ठ र देव गुरुङसंग छलफल गरेका थिए । सोमबार बस्ने समितिको बैठकमा कसरी अगाडि बढ्ने कुन विषयलाई प्राथमिकता दिने लगायतका विषयमा माओवादी नेताहरुसंग छलफल भएको आचार्यले बताए ।'उहाँहरुले विवादित विषय टुङ्गयाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो,'आचार्यले भन-'अन्य दलहरुसंग पनि छलफल गरेर अगाडि बढ्न उहाँहरुको सुझाव रह्यो ।'
अन्य दलका नेताहरुसंग अपरान्ह छलफल गर्ने कार्यक्रम बनाएको छ । संविधानसभामा रहेका २८ दलसंग दुई चरणमा गरी छलफल गरेपछि सहमति जुटिसकेका विषयलाई मस्यौदा लेखन र विवादित विषयमा सहमति जुटाउने प्रयास समितिले गर्नेछ ।
नयाँ संविधानमा २ सय २० विवादित विषयहरु रहेकोमा उच्चस्तरीय कार्यदल र २८ दलको बैठकले ८३ वटा विषयमा सहमति जुटाएका थियो । संविधानसभाका सात वटा समितिका प्रतिवेदन संवैधानिक समितिलाई बुझाइएको छ । समितिले शनिबार मस्यौदा लेखनका विषयमा विशेषज्ञहरुसंग परामर्श लिएको थियो । राज्यको शासकीय स्वरुप,निर्वाचन प्रणाली र न्याय प्रणाली लगायतका महत्वपूर्ण विषयमा दलहरुबीच सहमति जुट्न बाँकी छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks