Loving nepal news

Thursday, January 27, 2011

तरुण दलको महाधिवेशन मिति तोक्ने जिम्मा कांग्रेसलाई


कान्तिपुर संवाददाता

काठमाडौं, माघ १४ - कांग्रेसको युवा संगठन तरुण दलले आफ्नो महाधिवेशनको मिति तोक्ने जिम्मा माउ पार्टीलाई दिएको छ । दलका पदाधिकारीहरुले शुक्रबार बिहान सभापति सुशील कोइरालालाई भेटेर महाधिवेशन गराउन आफूहरु तयार रहेको जानकारी दिएका छन् ।

दलका अध्यक्ष महेन्द्र यादव नेतृत्वको टोलीले महाराजगञ्जस्थित कोइराला निवास पुगेर कांग्रेस केन्द्रीय समितिको निर्णय आफूहरुलाई मान्य हुने बताए । कोइरालाले महाधिवेशनबाटै नयाँ नेतृत्व चुनिनुपर्ने र दलबाट अलग्गिएकालाई पनि समेटेर लैजान सुझाव दिएका छन् ।

आगामी २४ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि समिति गठन गर्ने तरुण दलका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए । दलको पदाधिकारी बैठकले २३ गते नै बैठक बोलाए पनि प्रधानमन्त्री निर्वाचनका कारण एक दिन पर सारिएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks