Loving nepal news

Sunday, January 23, 2011

माओवादीमा जनवादको जलप लगाएर सर्वसत्तावादको चाहना : केसी


कान्तिपुर संवाददाता

काठमाडौ, माघ १० - कांग्रेस नेता अर्जुननरसिंह केसीले शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणमा कांग्रेसले सरकारको अगुवाइ गर्न खोजेको बताएका छन् ।

नेपाली कांग्रेस भारतीय जनसम्पर्क समितिको सातौं अधिवेशन आइतबार भारतको औद्योगिक क्षेत्र हैदरबादमा अधिवेशनको उद्घाटन गर्दै केसीले शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको अगुवाइ कांग्रेसले गरेको बताउँदै यसलाई संस्थागत गर्ने अभियानमा पनि कांग्रेसले अगुवाइ गर्ने बताए ।

‘जनवादको जलप लगाएर सर्वसत्तावाद चाहँदासम्म कांग्रेस माओवादीसँग सहकार्य गर्न सक्दैन,'केसीले भने । उनले भारतमा रहेर बसेका नेपालीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई पु¥याएको सहयोग उदाहरणीय रहेको बताए ।

महाधिवेशनको बन्दसत्रमा ५ क्षेत्र अन्तर्गत ८२ शाखाबाट प्रतिनिधित्व हुने तीन सहयको सहभागिता रहने छ । अधिवेशनले नयाँ कार्य समिति समेत निर्वाचित गर्नेछ । भारतभर कांग्रेसका करिब ५० हजार साधरण सदस्य र ७ हजार सक्रिय सदस्य छन् । कांग्रेसले जनसम्पर्क समितिलाई समेत आफ्नो महाधिवेशनमा सहभागिता गराउन थालेको छ । उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री प्रकाशशरण महत, चन्द्र भण्डारी, गगन थापा, पुष्प पराजुली, जनसम्पर्क सम्पर्क समितिमा अध्यक्ष् बाबुराम पोखरेल लगायतले धारणा राखेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks