
देवेन्द्र भट्टराई
काठमाडौं, पुस २६ - राष्ट्रसंघीय मिसन (अनमिन) प्रमुख करिन लनग्रेनले पुस मसान्तमा अनमिन बिदा हुनुअघिका बाँकी पाँच दिनलाई सबैभन्दा महत्वपूर्ण र घटनाक्रमको 'नाटकीय विकास' हुन सक्ने दिनका रुपमा मुल्यांकन गरेकी छिन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघीय सुरक्षा परिषद्मा नेपालबारेको अन्तिम शान्ति-प्रकृया प्रतिवेदनमाथि अन्तिम 'व्रिफिङ' दिएर फिरेपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा लनग्रेनले भनिन्- 'पुस ३० मा आफ्नो चार बर्षको कार्यावधी टुङ्ग्याएर फिरेपछि शान्ति प्रकृयाको स्थिती र अवस्था के होला, म भन्न सक्दिन ।'
नेपाली राजनीतिमा हरेकपटक अन्तिम क्षणमा नाटकीय चमत्कार हुने गरेको सन्दर्भ उल्लेख गर्दै लनग्रेनले अझैपनि दलहरुको 'ठोस सहमती'को अपेक्षा राखेको बताइन् । अनमिनको कार्यावधी थप्ने कुरामा भन्दा पनि कुनै बिशेष संयन्त्र बनाएर सरकारले सेना तथा हतियार अनुगमनको व्यवस्था गर्न सकोस् भन्ने अपेक्षा राष्ट्रसंघले राखेको पनि उनले बताइन् । अनमिन गएपनि राष्ट्रसंघले नेपालको शान्ति प्रकृयालाई नजिकबाट नियालिरहने बताइन् ।
'मैंले सुरक्षा परिषद्मा गएर नेपालमा जनब्रिद्रोह, राष्ट्रपनि शासन वा सैन्य कु हुन सक्ने भन्ने आम मानिसमा रहेको त्रासलाई सुनाएकी हुँ, यो आफैंमा राष्ट्रसंघीय भनाइ वा धारणा होइन,' लनग्रेनले भनिन्- 'म मेरो भनाइमा अहिले पनि अडिग छु । तर मेरो भनाइको केही अपब्याख्या भएजस्तो लागेको छ ।'
अनमिनको औपचारिक बिदाइ आगामी शुक्रबार हुने र त्यसमा सहभागी हुन बिशेष प्रतिनिधि टाम्राट स्यामुवल न्यूयोर्कबाट आउन लागेको समेत उनले बताइन् । अनमिनमा रहेका २ सय ८० कर्मचारीले एकसाथ बिदाइ पाउने र आवश्यक सवारी साधनसहितका उपकरणहरु अन्य मुलुकका शान्ति मिसनमा उपयोग गरिने उनले बताइन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks