Loving nepal news

Wednesday, January 19, 2011

अन्तर्राष्ट्रिय विमान कम्पनीलाई सातामा सात उडान थप


शिला पाण्डे

काठमाडौ, माघ ६ - अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढिरहेको अवस्थामा लक्ष्य हासिल गर्न सरकारले पूर्ण क्षमतामा नियमित उडान गरिरहेका विमान कम्पनीलाई अस्थायी रूपमा थप सात उडान गर्न दिने निर्णयगरेको छ ।

पुस २९ गते पर्यटन मन्त्रालयले २०११ लाई लक्षित गरी यस्तो निर्णयगरेको सहसचिव सुरेश आचार्यले बताए । 'द्विपक्षीय हवाई सम्झौताअनुसार पाएको हवाई सिट वा उडान संख्या खपत गरिसकेका मुलुकले मात्र यो सुविधा पाउनेछन्,' आचार्यले भने । मन्त्रालयले निर्णयनुसार काम गर्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरिसकेको छ । यो सुविधा फ्लाई दुबईले पाउने देखिएको छ ।

पर्यटन वर्षो लक्ष्य पूरा गर्न २०११ भरि लागू हुने गरी 'टेम्पोररी अपरेसन परमिट (टप)' अर्न्तर्गत हवाई सेवा सम्झौतामा भएको व्यवस्थाअनुसार 'प्राप्त सिट/उडान संख्या उपभोग गरिसकेका विभिन्न मुलुकबाट नेपाल नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन गरिरहेका वायु सेवाले थप उडानको प्रस्ताव गरे प्रत्येक मुलुकबाट प्रतिसाता बढीमा सात उडानका लागि अनुमति दिने' पत्रमा उल्लेख छ । मन्त्रालयले विमानस्थलको 'पिक आवर' बाहेकको समयमा यस्तो अनुमति दिनसमेत निर्देश गरेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये कुनलाई कति उडान थप गर्ने भन्ने बारे सम्बन्धित मुलुकको सरकारले निर्णयगरेर पठाउनेछ ।

यर्ुर्एइबाट सेवा सञ्चालन गरिरहेको फ्लाई दुबईलाई सरकारको निर्णयनुसार 'टप' आधारमा अनुमति दिने तयारी भइरहेको छ । युएइसँग भएको हवाई सम्झौताअनुसार २७ वटा यात्रु उडान र एउटा कार्गो उडान गर्न पाउने व्यवस्था छ । युएइका चार विमान कम्पनीले नेपाल उडान गरिरहेका छन् । 'युएइले सम्झौताअनुसार पाएको सिट तथा उडान खपत गरिसकेको छ,' आचार्यले थपे, 'त्यसैले फ्लाई दुबईलाई 'टप' आधारमा अनुमति दिन लागिएको हो ।' फ्लाई दुबईले हाल दैनिक एक उडान गरिरहेकामा सातामा थप चार उडान गर्न मन्त्रालयस“ग अनुमति मागेको छ ।

प्राधिकरणले मन्त्रालयको निर्णयनेपालसँग हवाई सम्झौता भएका सबै ३६ मुलुकलाई पठाउने तयारी गरेको छ । 'पिक आवरमा विमानस्थलमा अनुमति दिन सकिने अवस्था छैन,' प्राधिकरण वायु सेवा मामिला विभागका निर्देशक अमरबहादुर शाक्यले भने, 'सरकारले यस्तो निर्णयगर्नु आवश्यक थियो ।' केही महिना अगाडि भएको विमानस्थल नियमावलीको संशोधनले पनि रात्रि उडानलाई प्रोत्साहन गर्न 'लिन आवर' मा उडान गर्ने विमान कम्पनीलाई लाग्ने दस्तुरमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ ।

सरकारले २०११ मा हवाई मार्गबाट सात लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि थप (दुइतर्फी) १४ लाख सिट क्षमता आवश्यक पर्छ । शाक्यका अनुसार अहिले सेवा सञ्चालन गर्ने २७ अन्तर्राष्ट्रिय विमान कम्पनीले वाषिर्क २२ लाख ३१ हजार ३ सय ७२ सिट सुविधा दिइरहेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks