
राजेन्द्र फुयाल
काठमाडौ, पुस २५ - नयाँ संविधानमा देखिएको विवादित बुँदाहरुमा सहमति जुटाउन आइतबार बसेको २८ दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शासकीय स्वरुप,निर्वाचन प्रणाली,व्यवस्थापिका अंगको स्वरुप,संकटकालको प्रावधान लगायका विषयमा दलहरुबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेन । माओवादी नेता देव गुरुङका अनुसार ती विषयहरुमा छलफल जारी रहेको छ । राष्ट्रिय मान्यता प्राप्त दल हुनका लागि ३ प्रतिशत मत ल्याउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएपनि कुनै सहमति नभएको गुरुङले बताए । उनका अनुसार निर्वाचन प्रणालीलाई टुङ्गो लगाएपछि मात्र त्यस विषयमा छलफल गरिनुपर्ने कुरा उठेको छ ।
प्रदेशमा संकटकाल लगाउँदा प्रदेश सरकारलाई विघटन गर्ने/नगर्ने,संकटकालको बेला प्रदेशमा केन्द्रको शासन हुने वा नहुने विषयमा दलहरुबीच छलफल भइरहेको छ । शासकीय स्वरुपको प्रतिवेदनमा प्रदेश सरकार विघटनको कुरा उल्लेख नभएकोले त्यस दिशामा छलफल भइरहेको गुरुङले जनाए ।
सभामुखको अगुवाईमा संविधानको विवादित मुद्दामा सहमति जुटाउन २८ दलको बैठक निरन्तर बसिरहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks