Loving nepal news

Sunday, January 30, 2011

फिल्मफेयरमा उडानको राज


मुम्बई (एजेन्सी), माघ १७ - कडा बाबुको चाहनाविपरीत आफ्नो लेखक बन्ने सपना पूरा गर्न प्रयासरत टिनएजर रोहनको कथा बोकेको फिल्म 'उडान' ले फिल्मफेयर अवार्ड्समा सबैभन्दा बढी अवार्ड उचालेको छ । विक्रमादित्य मोट्वानीको निर्देशनमा बनेको यो फिल्मले ५६औं आइडिया फिल्मफेयर अवार्ड्समा सातवटा 'ब्लाक लेडी' (अवार्ड) जितेको हो ।

बक्स अफिसमा ठिकै गरेको 'उडान' लाई पछ्याउँदै गत वर्ष सबैभन्दा बढी कमाएर बलिउडमा कीर्तिमान राखेको 'दबङ' ले 'उत्कृष्ट फिल्म' बन्दै ६ वटा फिल्मफेयर अवार्ड जित्न सफल भयो । तर अवार्ड समारोहमा प्रख्यात मानिने विधा 'उत्कृष्ट नायक', 'उत्कृष्ट नायिका' र 'उत्कृष्ट निर्देशक' को ट्रफी 'माइ नेम इज खान' का शाहरुख खान, काजोल र करण जोहरले क्रमशः हात पारे । बलिउडका 'गोल्डेन अन-स्त्रिmन जोडी' मानिने शाहरुख-काजोलले सँगै फिल्म गरेर यस विधामा फिल्मफेयर अवार्ड जितेको यो तेस्रो पटक हो । यो भन्दा अघि 'दिलवाले दुल्हनिया ले जाएंगे' र 'कुछ कुछ होता है' बाट यी दुईले एकैपटक उत्कृष्ट नायक र नायिकाको अवार्ड उचालेका थिए ।

आइतबार भएको अवार्ड समारोहमा 'उडान' मा कडा पिताको भूमिका गरेका अभिनेता रोनित रोय 'उत्कृष्ट सह-नायक' घोषित भए भने 'वि आर फ्यामिली' मा सौतेली आमा बनेकी नायिका करिना कपुरले 'उत्कृष्ट सह-नायिका' को अवार्ड हात पारिन् । 'साइज-जिरो' नायिकाको हावी रहेको समय बलिउडमा स्वस्थ तथा 'कर्भी' शारीरिक बनाउटको ट्रेन्ड सुरु गरेकी 'दबङ' नायिका सोनाक्षी सिंहाले 'उत्कृष्ट डेब्यु नायिका' को अवार्ड जितिन् । उता 'ब्यान्ड बाजा बारात' बाट बलिउड भित्रेका नवनायक रणवीर सिंह 'उत्कृष्ट डेब्यु नायक' बनेका छन् ।

फिल्मफेयर क्रिटिकको रोजाइमा भने 'उडान'- 'उत्कृष्ट फिल्म', ऋषि कपुर- 'उत्कृष्ट नायक' र 'इस्किया' बाट सेक्सी इमेज बनाएकी विद्या बालन 'उत्कृष्ट नायिका' घोषित भएकी छन् । 'लाइफटाइम एचिभमेन्ट अवार्ड' म्युजिसियन प्रबोध चन्द्र डेलाई दिइयो भने 'बिग बि' अमिताभ बच्चनलाई ४० वर्ष बलिउडमा बिताएकोमा विशेष सम्मान गरियो । साथै, 'दिल तो पागल है' नायिका माधुरी दीक्षितलाई पनि २५ वर्ष फिल्म उद्योगमा सफलताका साथ बिताएकोमा सम्मान गरियो ।

गत वर्षका सुपरहित आइटम गीतहरू 'मुन्नी बदनाम हुई' र 'शिलाकी जवानी' गायिकाद्वय ममता शर्मा र सुनिधि चौहानले 'उत्कृष्ट प्लेब्याक गायिका' को फिल्मफेयर अवार्ड एक-अर्कासँग बाँडेका छन् । गीतकार गुल्जारले 'उत्कृष्ट शब्द रचना' को लागि फिल्मफेयर अवार्ड हात पारे । नायिका करिना कपुर, पि्रयंका चोपडा, सोनाक्षी सिंहाका साथै यस अवार्ड समारोहमा थुप्रै बलिउड स्टारले स्टेज तताएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks