
बीरेन्द्र पौडेल
मुम्बई, माघ १ - माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई आफु असजिलो अबस्थामा रहेको बताएका छन् । आफ्नो नाम प्रधानमन्त्रीको उम्मेदवारको रुपमा मत सर्वेक्षण, केही राजनीतिक दल र समर्थकहरुबाट अगाडि आएको उल्लेख गर्दै आफु असजिलोमा परेको बताएका हुन् ।
मुम्बईको केसी कलेजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्रीको लागि पार्टीको निर्णय सर्वोपरी हुने उल्लेख गर्दै पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारका बारेमा अहिले छलफल नभएको बताए ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि केन्द्रीय र स्थायी समितिले अगाडि सारेको थियो । हालै टुङ्गिएको प्रधानमन्त्री निर्वाचनको सातौं चरणसम्ममा पनि दाहाल प्रधानमन्त्रीमा चुनिन नसकेपछि उम्मेदवारी फिर्ता लिइएको थियो ।
'यदि पार्टीले निर्णय गर्छ भने म त्यसको लागि तयार छु' उनले भने । उनले अनुराधा गान्धी मेमोरिय ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालमा माओवादी जनयुद्ध र संविधानसभाको निर्वाचन हुँदै सरकार निर्माण सम्मपुगेको सन्दर्भमा ब्याख्या गरेका थिए ।
झण्डै एक घण्टा लामो प्रवचनमा उनले आफु जिउदो रहँदासम्म क्रान्ति जारी रहने बताए । उनले नेपालमा मात्रै नभई विश्वमै समाजवाद र मार्क्सवाद ल्याउन विश्वका सबै क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने र साम्राज्यवादलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks