
गंगा बीसी
काठमाडौं, माघ ३ - माओवादीले आफ्नो नेतृत्वको सहमतिको सरकारका लागि पहल गर्ने औपचारिक निर्णय गरेको छ ।
उसले शान्ति प्रक्रियासंगै आफ्नो नेतृत्वको सरकार लागि अन्य दलसंग छलफल अघि बढाउने जनाएको छ ।
राष्ट्रपतिले दिएको समयसीमा आगामी शुक्रबारसम्म उसले त्यस्तो सरकारका लागि पहल गर्ने बताएको छ । शान्ति प्रक्रियासम्बन्धी सकरात्मक विकास भएको उल्लेख गर्दै उसले माओवादीको नेतृत्वमा सरकार बन्ने वातावरण भएको निश्कर्ष समेत निकालेको छ ।
'आगामी हाम्रो पार्टी माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरियो' प्रवक्ता दीनानाथ शर्माले भने, 'उनले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन पूर्व निर्णय नबदलिएको तर व्यक्तिबारे अझै छलफल गर्न सकिने बताए ।' पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसको स्थायी समिति बैठकले अघिल्लो प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भनेजस्तै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा व्यक्तिबारे छलफल गर्न सकिने अर्का स्थायी समिति सदस्यले बताए । 'पहिले हाम्रो नेतृत्वमा सरकार बन्ने अवस्था हुनुपर्यो' ती नेताले भने, 'कसको नेतृत्वमा सहमति ज्ट्छ, त्यही व्यक्तिले नेतृत्व गर्छ ।' माओवादीले व्यक्ति नतोकी पार्टीको नेतृत्वको सरकारमा सहमति खोज्ने निर्णय गरेको छ ।
अध्यक्ष दाहालले शान्ति प्रक्रिया सम्बन्धमा सरकार र माओवादीबीच सकरात्मक सहमति भएको बैठकमा उल्लेख गर्दै पार्टीको नेतृत्वमा सरकार बन्ने संभावना अझै भएको बताएका थिए । 'शान्ति प्रक्रिया सम्बन्धमा सकरात्मक प्रगति भएको छ' दाहालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, 'हाम्रो नेतृत्वमा सरकार बन्ने संभावना छ ।'
यसअघि माओवादीले राष्ट्रिय सहमतिको सरकारका लागि अन्य दलको नेतृत्व स्वीकार्ने बताएको थियो । स्थायी समिति बैठकले अन्य दलको नेतृत्व मान्ने अभिव्यक्तिले जनादेश बिपरित हुने निश्कर्ष निकाल्दै आफ्नो नेतृत्वको सरकारका लागि पहल गर्ने निर्णय गरेको हो । तर माओवादीको नेतृत्वमा सरकार बन्ने आधार नदेखिएको कुरा उठेपछि अन्तिम समयसम्म प्रयास अघि बढाउने निर्णय गरेको हो । सहमतिको सरकार नबने बहुमतीय सरकारको नेतृत्व अन्य दललाई दिनै नहुने उपाध्यक्ष बाबुराम भट्टराईलगायतको अडान छ । त्यो बिषय राष्ट्रपतिले दिएको समयसीमा आगामी शुक्रबारसम्म स्थगित गरी सहमतिमै जोड दिने निर्णय भएको छ ।
सरकार निर्माणको पहलसंगै उसले आफ्ना सेनाका लडाकुलाई छिट्टै बिशेष समितिको मातहतमा ल्याउने निर्णय पनि गरेको छ । 'विशेष सार्वजनिक समारोह गरी शान्तिप्रक्रियाको महत्वपूर्ण अंगमध्ये जनमुक्ति सेनालाई विशेष समितिको मातहतमा ल्याउने निर्णय गरियो' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने, 'सरकार निर्माण, सदन र पार्टीका कार्यक्रमको अनुकूलता हेरी उक्त समारोह केन्द्रीय कार्यालयका तर्फबाट छिट्टै आयोजना गर्ने निर्णय भएको छ ।'
कांग्रेस, एमालेले माओवादीबाट लडाकुको सम्बन्ध बिच्छेद गरे उसको नेतृत्वको सरकारबारे सोच्न सकिने बताइरहेकै बेला उसले लडाकुलाई बिशेष समितिको मातहतमा ल्याउने औपचारिक निर्णय गरेको हो ।
'अनमिनको बहिर्गमनपछि उत्पन्न शान्तिप्रक्रियासम्बन्धी संकटलाई उचित ढंगले सम्बोधन र समाधान गर्न पार्टीले लिएको पहलकदमी र समाधानको उच्च मूल्याकन गर्दै त्यसले राष्ट्रिय संकटलाई सम्बोधन गर्न सफल रहेको वैठकको निष्कर्ष हो,' माओवादीको निर्णयमा भनिएको छ ।
'जनविद्रोह' को प्रशिक्षण आजदेखि
माओवादीले सोमबारदेखि शान्ति र संविधान निश्कर्षमा नपुगे जनबिद्रोहको तयारी गर्ने सम्बन्धमा प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ ।
'सदनसम्बन्धी र सरकार निर्माण कार्यक्रमले पार्टीको आन्तरिक प्रशिक्षण लगायतका संगठनात्मक कामलाईर् प्रभावित नगर्ने ठहर गर्दै तिनलाई पूर्वनिर्धारित समय तालिकाअनुसार नै सम्पन्न गर्ने निर्णय गरियो' वक्तव्यमा उल्लेख छ ।
दाहाल र पोख्रलबीच भेटवार्ता
स्थायी समिति बैठक लगत्तै अध्यक्ष दाहाल र एमाले महासचिब ईश्वर पोख्रेलबीच आइतबार सरकार निर्माणका बिषयमा नयाँबजारमा भेवार्ता भएको छ ।
दुबै नेताबीच सहमतिको सरकारका लागि छलफल भएको श्रोतले जनाएको छ । नयाँबजार श्रोतका अनुसार पोख्रेलले सहमतिको सरकारका लागि शान्ति प्रक्रिया टुंगो लगाउन र प्रमुख तीन दलबीच 'पर्याप्त सहमति' गरी अघि बढ्न आग्रह गरेका थिए ।
भेटमा दाहालले सहमतिको सरकारले मात्र शान्ति र संविधान निश्कर्षमा पुर्याउने भन्दै आफू त्यसका लागि तयार रहेको बताएको श्रोतले जनाएको छ । पोख्रेल पार्टी अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधबकुमार नेपालको सल्लाहमा भेट गर्न गएका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks