Loving nepal news

Thursday, January 6, 2011

तमलोपा(नेपाल)ले सरकार नछाडने


राजेन्द्र फुयाल

काठमाडौ, पुस २३ - नव गठित तमलोपा(नेपाल)का संयोजक तथा उद्योग मन्त्री महेन्द्र राय यादवले सरकार नछाड्ने बताएका छन् । उनले दल विभाजन कानुन सम्मत रहेको र त्यही हैसियतमा आफूहरु सरकारमा रहेको बताए ।

पार्टी विभाजन गरेका यादव र अर्का उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई पदमुक्त गरिनुपर्ने संस्थापन तमलोपाले माग गरिरहेका बेला यादवले त्यस्तो बताएका हुन् । प्रधानमन्त्रीले दुई मन्त्रीलाई पदमुक्त नगरे सरकार छाड्ने चेतावनी तमलोपाले दिएको छ ।

संसदमा आफूहरु बस्ने सिटबारे शुक्रबार सभामुख सुवास नेम्वाङसंग छलफल गरेर बहिरिएपछि संवाददाताहरुसंग कुरा गर्दै मन्त्री यादवले भने-'हामी विधि सम्मत ढंगल पार्टी विभाजन गरेका छौं,हामी सरकारमा छौं,संसदमा सत्तापक्षमा बस्छौं,जसलाई चित्त बुझ्दैन उसले सरकार छाडे हुन्छ ।'

उनले नयाँ सरकारमा मन्त्री बन्नका लागि आफूले पाटी नफुटाएको बताए । उनले नयाँ सरकार बनाउने परिस्थिति आए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मार्फत अगाडि बढ्ने र आफू मन्त्री बन्न नजाने उल्लेख गरे । उनले लोकतान्त्रिक गठबन्धन बलियो बनाउने आफ्नो प्रयास रहने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks