Loving nepal news

Monday, January 31, 2011

विद्युतीय फोहोर व्यवस्थापनमा चुनौती

अब्दुल्लाह मियाँ

काठमाडौ, माघ १८ - म्याद सकिएका र उपयोग भइसकेका विद्युतीय सामग्रीको सही विसर्जन गर्नेतिर बेलैमा सचेत नभए जटिल चुनौती देखापर्ने अध्ययनले देखाएको छ ।

मुलुकमै पहिलो पटक गरिएको 'विद्युतीय फोहोर व्यवस्थापन' सम्बन्धी अध्ययनले यस्ता सामग्री थान्को लगाउनेतिर ध्यान नदिए आगामी वर्षमा तिनमा रहेका रसायन र गह्रौं धातुका कारण वातावरण र मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने दाबी गरेको छ ।

सोमबार सार्वजनिक गरिएको 'जनस्वास्थ्य तथा वातावरण केन्द्र'ले गरेको अध्ययनअनुसार २०७२/०७३ सालसम्ममा टेलिभिजनजन्य फोहोरमात्रै वाषिर्क ४२ लाख ४१ हजार ९ सय १३ किलो पुग्ने अनुमान गरिएको छ । त्यस्तै अबको एक वर्षपछि (सन् २०११ को अन्त्यसम्म) मा कम्प्युटरजन्य फोहोर वाषिर्क ३२ लाख ५ हजार ६ सय ९५ किलोग्रामका दरले उत्पादन हुने देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) ले सन् २०१० मा गरेको अध्ययनअनुसार प्रत्येक वर्ष विश्वमा तीन अर्ब ५० करोड टन विद्युतीय फोहोर उत्पादन हुने गरेको छ । विशेषज्ञहरूले टेलिभिजन, टेलिफोन, मोबाइल, कम्प्युटर, पि्रन्टर्स, रेडियो, आईपोड, पेनड्राइभ, क्यामरालगायतका सामग्री बिगि्रएर वा म्याद सकिएर काम नलाग्ने भएपछि उत्पादन हुने फोहोरलाई विद्युतीय फोहोर भनेका छन् । त्यस्तै फ्रिज, पावर सप्लाई बक्स, फोटोकपी मेसिन, चार्ज गर्न मिल्ने ब्याट्री, डाटा पेन, एलइडी बत्ती, ट्युबलाइट, चिम, बत्तीका स्विचलगायत पनि विद्युतीय फोहोरभित्र पर्छन् । पछिल्लो समयमा विद्युतीय फोहोर विश्वकै लागि चुनौतीका रूपमा देखिएको जानकारहरूको विश्लेषण छ । युनेपको अध्ययनले स्न २०१२ मा विश्वभर करिब तीन अर्ब ७० करोड टन विद्युतीय फोहोर उत्पादन हुने अनुमान गरेको छ । जसमध्ये सुरक्षित एवं असुरक्ष्ाित तरिकाले केवल १३ प्रतिशत फोहोरमात्रै पुनः प्रशोधन हुने गरेको छ । राजधानीमा अहिले साधारण फोहोरमात्रै दैनिक ५ सय टन उत्पादन हुने गरेको छ ।

नेपाली बजारमा उपलब्ध हुने विद्युतीय सामग्रीको उपकरण अवधि तुलनात्मक रूपमा कम हुने हुँदा ती उपकरण चाँडै बिगि्रने र काम नलाग्ने अवस्थामा पुग्ने भएकाले विद्युतीय फोहोर उत्पादन उच्चदरले वृद्धि भइरहेको अनुसन्धानकर्ता रामचरित्र साह बताउँछन् । 'विकसित मुलुकहरूको तुलनामा हाम्रोजस्तो मुलुकमा विद्युतीय फोहोर बढ्ने दर उच्च छ,' उनले भने । विद्युतीय फोहोरहरूमा विभिन्न खतरनाक रसायन तथा गह्रौं धातुहरू हुने भएकाले तिनले वातावरण र मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने साह बताउँछन् । विद्युतीय फोहोरमा दीर्घायु प्रदूषक (पप्स), गह्रौं धातु र विषाक्त पदार्थहरू -सिसा, मर्करी (पारो), क्याडमियम र बेरेलियम) हुन्छ ।

'विद्युतीय फोहोरको उत्सर्जन दिनानुदिन बढ्दो छ,' अर्की अनुसन्धानकर्ता सविना सिलवालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भनिन् । स्थानीय विकास मन्त्रालयको फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रले वर्षौदेखि फोहोर व्यवस्थापन गर्दै अाए पनि विद्युतीय फोहोरको वर्गीकरण गरेको छैन ।

केन्द्रले हालै नेपालगन्ज, पोखरा, विराटनगर र काठमाडौंमा गरेको विद्युतीय फोहोरसम्बन्धी अध्ययनले समेत यसको अवस्था विकराल देखाएको छ । छिमेकी मुलुक भारत, श्रीलंका र बंगलादेशमा विद्युतीय फोहोरलाई वातावरणमैत्री तबरले विसर्जन सुरु भए पनि हामीकहाँ सरकारले चासो नदिएको साहले बताए । केन्द्रकी महाप्रबन्धक सुमित्रा अमात्य नीतिगत रूपमै विद्युतीय फोहोर व्यवस्थापनबारे नसोचिएसम्म व्यवहारमा लागू गर्न नसक्ने बताउँछिन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks