Loving nepal news

Sunday, January 30, 2011

एमाले उम्मेदवार निर्णय भोली


कान्तिपुर संवाददाता


काठमाडौ, माघ १७ - एमाले स्थायी समितिको आइतबारको बैठकले प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धमा निर्णय गर्न मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सचिव युवराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीको सहमति नजुटे पार्टीको तर्फबाट उम्मेदवारी दिने कि अरू कसैलाई समर्थन गर्ने भन्ने बैठकले निर्देश गर्ने छ ।

'सहमतिको प्रयास त भइरहेको छ तर सहमति नजुटे पार्टी के गर्ने भन्ने निष्कर्षमा पुग्नका लागि बैठक बोलाएको हो,' ज्ञवालीले भने ।

एमालेबाट यसअघिको चुनावमा अध्यक्ष झलनाथ खनालले उम्मेदवारी दिएका थिए । तर दुइ तिहाइको र्समर्थन नजुटेको भन्दै खनालको उम्मेदवारी फिर्ता भएको थियो । एमालेभित्र सरकार निर्माण सम्बन्धमा अध्यक्ष खनाल समूह र वरिष्ठ नेता माधव नेपाल र केपी ओली समूहबीच फरक-फरक धारणा छन् ।

सहमतीय सरकारको विषयमा दलहरूबीच कुरा मिले त्यसलाई समर्थन गर्ने तर बहुमतीय सरकार बन्ने अवस्थामा पार्टी पनि उम्मेदवारी दिनुपर्ने धारणा खनाल समूहको छ । खनाल समूहको सहमतीय सरकार नभएको अवस्थामा कम्तीमा पनि माओवादी सम्मिलित हुने सरकार बन्नुपर्ने र त्यो सरकारको नेतृत्व गर्न एमालेले उम्मेदवारी दिनुपर्ने पक्षमा छ । बहुमतीय सरकारका लागि अझै पनि माओवादीले र्समर्थन गर्न सक्ने आशा खनाल समूहको छ ।

तर नेपाल-ओली समूह सहमति नजुटेको अवस्थामा फेरि बहुमतीय सरकारको नेतृत्व एमालेले दाबी गर्न नहुने बताउँदै आएको छ । बहुमतीय सरकार बनाउनुपर्ने अवस्थामा कांग्रेसलाई समर्थन गर्नुपर्ने धारणा छ । एउटा बहुमतीय सरकारको नेतृत्व छोडेर फेरि बहुतीय सरकारकै दाबी गर्न नैतिक रूपमा नमिल्ने नेपाल-ओली समूहको धारणा छ ।

स्थायी समितिको आइतबारको बैठकमा भने दलहरूबीचको वार्ता प्रक्रिया जारी रहेकाले सहमतिकै लागि अझै पनि अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको छ । बैठकमा चालू वार्ता प्रक्रियाबारे अध्यक्ष खनाल र महासचिव इश्वर पोखरेलले ब्रिफिङ गरेका थिए । उनीहरूले छलफल सकारात्मक भइरहे पनि माओवादीका पछिल्ला अभिव्यक्ति र निर्ण्र्ााे सहमति जुट्ने/नजुट्ने अझै स्पष्ट नभइसकेको बताएका थिए ।

माओवादीले लडाकु समायोजनलगायत विषयमा टुंगो पुग्नुपर्ने भन्ने कांग्रेस एमालेको प्रस्तावलाई र्सतको रूपमा बुझेको छ । उसले सरकार निर्माणमा कुनै पनि र्सत नमान्ने निर्णय स्थायी समितिबाट गरेको छ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा मात्र सहमतीय सरकार बन्ने त्यो नभए प्रतिपक्षमा बस्ने अभिव्यक्ति पनि दिइरहेकाले सहमति जुट्ने आशंका एमाले नेताहरूले गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks