Loving nepal news

Monday, January 3, 2011

संविधान निर्माण प्रकृया / नागरिकता विवाद फेरि बल्झियो


राजेन्द्र फुयाल


काठमाडौ, पुस १९ - नयाँ संविधानको लागि सहमति जुटाउने प्रयासमा रहेको २८ दलको बैठकमा नेपाली नागरिकसंग विवाह गरेका महिला या पुरुषलाई नागरिकता दिने सम्बन्धमा विवाद पुनः बल्झिएको छ ।
सोमबारको बैठकले पनि यस सम्बन्धमा निक्यौल निकाल्न सकेन । यस विषयमा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उच्चस्तरिय कार्यदलले नै सहमति कायम गरेको थियो ।
कार्यदलले नेपाली पुरुषसंग विवाह गरेको महिलाले तत्कालै अंगिकृत नागरिकता पाउने र नेपाली महिलासंग विवाह गरेको पुरुषले भने १५ बर्षछि अंगिकृत नागरिता पाउने व्यवस्था गरेको थियो । साथै त्यस्ता अंगिकृत नागरिकता पाउने व्यक्तिले राष्ट्रपतिलगायत छ प्रमुख पद पाउन नसक्ने उल्लेख व्यवस्था गरेको छ ।
उक्त सहमतिमा नेकपा (माले) र राष्ट्रिय जनमोर्चा नेपालले फरक मत राखेपछि उक्त फरकमतसहित संविधानसभामा लैजाने निर्णय गरेको हो ।
दुवै दलले नेपाली पुरुषसंग बिबाह गर्ने विदेशी महिलाले पनि निश्चित समयपछि मात्र अंगिकृत नागरिकता पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks