
कान्तिपुर संवाददाता
काठमाडौ, माघ १२ - सहमतीय सरकार निर्माणका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा भेला भएका छन् । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले थप गरेको पाँच दिनको समय सीमा आज सकिदैंछ ।
दलहरु आ-आफ्नै नेतृत्वमा सहमतीय सरकारको दावी गर्दै आएका कारण कुरा मिल्न सकेको छैन । दलहरुबीच सहमति नभए राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि आव्हान गर्नेछन् ।
गत साता प्रमुख तीन दलले जस्को पनि नेतृत्व स्विकार्न सकिने सहमति गर्दै सहमतीय सरकार निर्माणका लागि पाँच दिन समय थप्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
दलहरुबीच मंगलबार दुई पक्षीय वार्ता भएको थियो । दुई पक्षीय वार्ताबाट पनि ठोस निष्कर्ष निस्केको थिएन । पार्टी भित्र थप आन्तरिक छलफल गरेर तीन दलीय बैठक गर्ने दलहरुले सहमति गरे अनुसार पुनः बैठक बसेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks