Loving nepal news

Sunday, January 16, 2011

दल बाहिरका व्यक्तिको नेतृत्व समेत स्विकार्य


अतुल मिश्र

काठमाडौं, माघ ३ - मधेसवादी दलहरुले राष्ट्रिय सहमतीय सरकार निर्माणको लागि तीन वटै ठूला दलभन्दा बाहिरका सबैले मान्ने निर्विवाद व्यक्तिको नेतृत्व समेत स्वीकार हुने बताएका छन् । 'बहुमतीय सरकारमा संविधान, शान्ति प्रकृया अघि बढुनु कठिन छ', मधेशी जनअधिकार फोरमका का अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणको लागि दलगत विचारवाट मुक्त हुनु पर्ने उल्लेख गर्दै भने-'सहमतीय सरकार निर्माण अन्तर्गत नेतृत्वमा दलहरु विच सहमति नभए दल वाहिरका सवैले मान्ने निर्विवाद व्यक्तिले राष्ट्रिय सहमति भए हामीलाई कुनै आपत्ति हुदैन ।'

सहमतिय सरकारबाटै संविधान निर्माण र शान्ति प्रकृया अघि बढने जनाउदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन ठूला पार्टीको प्रधानमन्त्री बन्ने स्वार्थ सहमतिय सरकारमा बाधक रहेको वताए । 'जुनसुकै कुरामा सहमतिय सरकार वने हामीलाई आपत्ति छैन, वाहिका तटस्थ व्यक्तिको नेतृत्वमा सहमतिय सरकार वने पनि हामी सहमत नै हुन्छौं', महतोले भने-'संविधान निर्माण, मधेश सवाल र शान्ति प्रकृयाको लागि हामी विरोध गर्ने छैनौं ।'

तिन दलिय षडयन्त्र, सत्ता मोह, व्यक्तिगत र पार्टिगत स्वार्थले गर्दा सहमतिय सरकारको सम्भावना नदेखिएको दावी गर्दै मधेशी जनअधिकार फोरम-लोकतान्त्रिक)का बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने- 'जुन सुकै परिस्थितिमा सहमतिय होस निकास निस्कोस् ।'

हालै सम्पन्न केन्द्रीय कार्य समितिको वैठकमा वहुमतले अगामी सरकारमा संलग्न नहुने जनाए पनि सहमतिय सरकार निर्माणमा पुर्ण सहयोग रहने उल्लेख गर्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्र नाथ शुक्लले भने- 'तर ती सरकारमा प्रवेश गर्ने कुरामा भने हामीले ठोस निर्णय गरेका छैनौं ।' संविधान निर्माणको लागि तमलोपा जे पनि गर्न सक्ने उल्लेख गर्दै शुक्लले भने-'सहमतिय सरकार निर्माणको लागि तिन प्रमुख दल कुनै वाहिरी व्यक्तिलाइ स्विकार गर्छन भने हाम्रो विरोध होईन सहयोग रहन्छ ।'

कांग्रेस/एमाले कुनै पनि समय प्रगतिशिल संविधानको पक्षमा न रहेको र माओवादी लोकतान्त्रिक संविधानको पक्षमा नभएको आरोप लगाउदै शुक्ललै एमाले काग्रेश कमजोर संघियता र माओवादी संघियता चाहे पनि जनवादी संविधान चाहने गरेको वताए ।

उता हालै बनेको नया मधेशी दल तराई मधेश लोकतान्त्रिक पार्टी, नेपालको धारणा समेत पृथक छैन । तमलोपा नेपालका संयोजक महेन्द्रप्रसाद यादव सवै भन्दा पहिले राजनैतिक दलहरु कै नेतृत्वमा सहमतिय सरकार वन्ने सहमति आवश्यक भए पनि यसो न हुदा गैर राजनीतिक व्यक्तिको नाउमा समेत विमति न हुने जनाए ।

हाल संविधान सभामा मधेशी दलहरु अन्तर्गत फोरम (लोकतान्त्रिक)को २८, फोरम को २५, तमलोपाको ११, सदभावनाको ९, तमलोपा, नेपालको ९, नेपाल सदभावना पार्टीको ३ गरी ७६ सांसद छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks