
कान्तिपुर संवाददाता
काठमाडौ, माघ ७ - विश्व सभ्यताको केन्द्र मानिने बेलायत पढ्न जाने यतिखेर उपयुक्त समय हो । विश्वविद्यालयमा वर्षा दुइ सत्रमा भर्ना लिइन्छ । जनवरीदेखि बढीमा मार्चसम्म पहिलो शैक्षिक सत्र हुन्छ । दोस्रो सत्र चाहिँ जुलाईदेखि सेप्टेम्बरसम्म ।
बेलायतको शैक्षिक मैदान भारत, चीन, अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडालगायतका समृद्ध राष्ट्रका विज्ञहरूका निम्तिसमेत उपयुक्त गन्तव्य हो । 'विश्व सभ्यता र संस्कृतिका विभिन्न आयामलाई समेट्दै व्यक्तित्व निर्माण गर्न चाहने जोसुकैलाई बेलायतले सहजै स्वागत गर्छ,' शैक्षिक परामर्श संघ, नेपाल र् (इक्यान) का सदस्य सन्तोष प्याकुरेल भन्छन्, 'करिअर निर्माण गर्न चाहने नेपाली विद्यार्थीलाई सहयोग गर्दै आएका छौं ।'
वर्षोनी दर्जनौं मुलुकबाट हजारौं विद्यार्थी बेलायत पढ्न जाने गर्छन् । त्यहाँका विभिन्न विश्वविद्यालय र कलेजमा साढे तीन हजार विषय पढाइन्छ । अंग्रेजी बढी महत्त्वसाथ पढाउने ती शिक्षालयले विद्यार्थीलाई वित्तीय सहयोग र छात्रवृत्तिको व्यवस्था पनि गरेका छन् ।
टायर फोरपछि अहिले कास (कन्फर्मेसन अफ एक्सेप्टेन्स अफ स्टडिज) लागू भएपछि विद्यार्थीका लागि आवेदन प्रक्रियालाई थप सहज बनाएको परामर्शदाता बताउँछन् । भिसा आवेदनका लागि पासपोर्ट, विस्तृत विवरणसहितको आवेदन, शैक्षिक प्रमाणपत्र, बैंक ब्यालेन्स अर्थात् बैंक लोनको कागजात र कलेजले पठाएको कास नम्बर अनिवार्य हुन्छन् ।
१२ वर्षघि ग्रिनविच युनिभर्सिटी पढ्न हाँकिएका राजन कँडेलका अनुसार बेलायतका कलेजले ३५ सयदेखि ४९ सय पाउन्ड वाषिर्क शुल्क लिन्छन् । साउथ लन्डन कलेजका व्यवस्थापक निर्देशक रहेका कँडेल युनिभर्सिटी अध्ययन नेपालीका निम्ति महँगो छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks