Loving nepal news

Tuesday, January 18, 2011

माघ ८ मा लडाकु विशेष समिति मातहत आउने


कान्तिपुर संवाददाता

काठमाडौ, माघ ४ - माओवादी लडाकु तथा हतियारलाई माघ ८ गतेबाट औपचारिक रुपमा विशेष समिति मातहत ल्याइने भएको छ । सरकार र माओवादीबीच मंगलबार भएको सहमति अनुसार चितवनको शक्तिखोरस्थित शिविरमा विशेष समारोह गरी माओवादी लडाकुलाई विशेष समिति मातहत ल्याइएको घोषणा गरिने छ ।

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा उक्त सहमति भएको हो । यसअघि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले लडाकुको रेखदेख तथा अनुगमन गर्दै आएको थियो । पुस ३० बाट अनमिनको कार्यअवधि सकिएको छ । यसअघि माघ ४ गते नै समारोह गरेर माओवादी लाडकुलाई विशेष समिति मातहत ल्याउने दुई पक्षबीच सहमति भएपनि माओवादीको आग्रहमा रोकिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले प्रमुख राजनीतिक दलका नेताहरु, राजदूतहरु तथा अन्य विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गरे विशेष समारोह गरिने बताए ।

दाहालले भारतबाट नेपाली सेनाका लागि ल्याउन लागिएको हतियारका विषयमा पनि प्रधानमन्त्रीसंग चासो राखिएको बुझिएको छ । माओवादीले सेनाका लागि हतियार ल्याउनु शान्ति सम्झौता विपरीत हुने भन्दै आपत्ति जनाएको छ । सरकारले कुनै विशेष निर्णय गरेर भारतबाट हतियार ल्याउन नलागेको स्पष्ट पारेको थियाे । गृहमन्त्री भीम रावलले विगत झै सेनाको तालिमका लागि सामान्य हतियार ल्याउन लागिएको बताए ।

माओवादी नेता वर्षमान पुनले सेनाले हतियार ल्याउन लागेको विषयमा समाचार आएपछि त्यस विषयमा गम्भीर चासो प्रगट गरिएको बताए । 'हामीले आपत्ति जनाएपछि,सरकारले यो नियमित प्रक्रिया अन्तर्गत आउन लागेको सामग्री भएको स्पष्ट पारेको छ,'उनले भने ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks