Loving nepal news

Tuesday, January 4, 2011

उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुमोदन / विवादित बुँदामा सहमति जुटाउन दलहरु छलफलमा


अब्दुल्लाह मियाँ

काठमाडौ, पुस २१ - नयाँ संविधानमा देखिएका विवाद मिलाउन बसेको २८ दलको बैठकले सबै प्रतिवेदन अनुमोदन गरेको छ ।

बुधबार बिहान सिंहदरबारमा बसेका २८ दलको बैठकले विवाद मिलाउन गठित उच्चस्तरीय कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनलाई अनुमोदन गरेको हो ।

यस्तै बैठकमा संविधानमा विवादित बाँकी रहेको ८३ वटा बुँदामा पनि छलफल भईरहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले संविधानको के नाम राख्ने विषयमा पनि छलफल भएको बताए ।

बाँकी विवादित बुँदामा पनि छिट्टै सहमति जुटाउने प्रयसमा दलहरू लागेको नेता लेखकले बताए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks